• Today :
    Wednesday, July 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

माघ ७ भित्र तिन तहको निर्वाचन गर्न नसकिए देश ठूलो संकटमा फस्छ : देउवा


 
निरज अधिकारी
२८ बैशाख, सुन्दरबजार
नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले आगामी माघ ७ भित्र तिन तहको निर्वाचन गर्न नसकिए देश ठुलो संकटमा पर्ने बताउनुभएको छ ।
लमजुको सुन्दरवजार नगरपालिकामा भएको चुनावी सभालाई सम्वोधन गर्न लमजुका आउनुभएका सभापति देउवाले त्यस्तो वताउनु भएको हो । नेपाली काग्रेसको नेतृत्वमा जारी भएको सविधान कार्यान्वयनको लागि स्थानिय तहको निर्वाचनमा नेपाली काग्रेसले जित हासील गर्नु पर्ने भन्दै उहाँले सविधान कार्यान्ययनको ऐतिहासिक कार्यभार सम्हाल्न काग्रेस मात्रै सक्षम भएको भन्दै काग्रेसलाई मतदिन मतदाताहरु सँग आग्रह गर्नुभयो ।
सभापति देउवाले संविधानले सिंह दरबारका अधिकार गाउँ गाउँसम्म पूर्याएकाले प्राप्त अधिकारहरुलाई नागरिक स्तरसम्म पुर्याउन पनि कांग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । जनतालाई अधिकार सम्पन्न बनाउन २००७ सालदेखी संघर्ष गरेको कांग्रेसले आफनै नेतृत्वमा संविधान जारी गरी सिंह दरबारका अधिकारहरु गाउँ–गाउँमा पुर्याएको चर्चा गर्दै सभापति देउवाले प्राप्त अधिकारलाई संस्थागत गर्न सकेको खण्डमा मात्रै जनता अधिकार सम्पन्न हुने र कांग्रेसको जीत हुने धारणा व्यत्त गर्नुभयो ।
नेपाल हिमाल, पहाड तराई सबैको साझा थलो भएकाले उग्र पहाडवाद, उग्र मधेशवाद र उग्र जनजातीवादलाई परास्त गर्दै नेपाललाई चार जात ३६ बर्णको फुलबारी बनाउन सक्ने सामथ्र्य कांग्रेससँग मात्र भएको भन्दै सभापति देउवाले एमालेको उग्र पहाडवाद, मधेशवादी उग्र मधेशवाद र केहि उग्र जातीवादी पार्टीहरुलाई जनताले ठेगान लगाइदिने ठोकुवा गर्नुभयो ।
फरक प्रसंगमा बोल्दै सभापति देउवाले पार्टीको आधिकारीक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिँदै पार्टी नितिविपरित उम्मेदवारी प्रस्तुत गर्दै निर्वाचनमा पार्टीलाई असहयोग गर्ने जो कोहि नेता तथा कार्यकर्तालाई हदैसम्मको कारबाहि गर्ने चेतावनी समेत दिनुभयो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल