• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

‘राष्ट्रकै घातक पक्ष बनेको बालबिवाह जरैदेखी निराकरण गनुपर्छ’


 
८ भदौ, बेसीशहर । बालबिवाह समाज सँगै राष्ट्रको घातक पक्ष रहेकोले यसलाई जरैदेखी निराकरण गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । वालविवाह बिरुद्धको अभियानका सन्दर्भमा बेसीशहरमा सञ्चालित जिवन प्रशिक्षण तथा महाअभियान जिल्ला सम्मेलनमा सहभागी अधिकांश वत्ताहरुले सो कुरा बताएका हुन् । 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति भेष बहादुर पौडेलले समाजमा महिलाप्रतिको सोचाई र दृष्टिकोण बदल्नुपर्नेमा जोड दिनुभयो । समाजमा हुने कुरीतिका बिरुद्ध यस्ता अभियानको खाँचो रहेको भन्दै हरेक व्यत्ति आफनो ठाउँबाट लागेको खण्डमा परिवर्तन सम्भव रहेको कुरा उल्लेख गर्नुभयो । 
राईनास नगरपालिका प्रमुख सिंह बहादुर थापाले सकरात्मक सोच र कामका साथ अघि बढेको खण्डमा परिणाम पनि सकरात्मक भित्रने बताउनुभयो । शिक्षाकै अभावमा कुरिति मौलाएकाले महिलालाई शिक्षाबाट बन्चित गराउन नहुने उहाँको भनाई थियो । 
कार्यक्रममा सहभागी अधिकांश सरोकारवालाहरुले कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै अभियान सफलताको कामना गरेका थिए । बालविवाहको देशको कहालिलाग्दो स्थित र जिल्लाको चुनौतिपूर्ण अवस्थालाई न्यूनिकरण गर्न यस कार्यक्रमले महत्वपूर्ण भूमीका निर्वाह गर्ने सरोकारवालाहरुले विश्वास लिएका छन् ।  
जिल्ला स्थित सम्पूर्ण कार्यालय, संघसस्था तथा वालवालिकाका क्षेत्रमा काम गर्ने समाजिक सस्थाहरु एक जुट भएर अभियानमा लागेको खण्डमा वालविवाहका क्षेत्रमा अवश्य परिवर्तन आउने उनीहरुको भनाई थियो । 
छोरीको निम्ती स्वर्णिम नेपाल, बाल विवाह रहित समाज भन्ने नारा सहित मंगलबार र बुधबार दुई दिने सम्मेलन सञ्चालन गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा दुई दिन सम्म सकरात्मक सोचका अभियान्ता नर बहादुर कार्कीले जिवनको आधारभूत ज्ञान तथा जिवन उपोयोगि कुराहरुको वारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले बाल विवाह जिल्लाको मात्र चुनौति र समस्याको विषय नभई मुलुकै कहालिलाग्दो अवस्था रहेको औल्याउनुभयो । अभियान्ता कार्कीले बाल विवाह हुने देशहरु मध्ये नेपाल संसारकै २५ औं देश भएकाले यो अवस्थाको अन्त्यका लागि प्रत्येक नागरिक सजग र सचेत हुन जरुरी रहेको कुरा स्पष्ट पार्नुभयो । 
लमजुङ जिल्लालाई बालविवाह रहित जिल्ला घोषणातर्फ उन्मूख गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको सामुदायिक विकास तथा सञ्चार केन्द्रका अध्यक्ष गमप्रसाद गुरुङले वताउनुभयो । 
बाल विवाह अन्त्यको लागि राष्ट्रिय महाअभियान समूह नेपालको सहकार्यमा सामुदायिक विकास तथा सञ्चार केन्द्र, सामुदायिक रेडियो मस्र्याङदी ९५ मेघाहर्जले महाअभियान सम्मेलन सञ्चालन गरेको हो । सम्मेलनका लागि वल्र्ड भिजन लमजुङ एडिपी, बेसीशहर नगरपालिका, जिल्ला समन्वय समिति र लमजुङ उद्योग वाणिज्य संघको सहयोग रहेको थियो ।  
बालविवाह हुने एशियाली देशहरुमा नेपाल तेश्रो स्थानमा छ । लमजुङमा बालविवाहको अवस्थालाई हेर्ने हो भने १० वर्ष भन्दा कम उमेरमै विवाह गर्ने १.२१ प्रतिशत रहेका छन् । सवै भन्दा वढि १५ देखि १९ वर्षमा विवाह गर्नेको संख्या ४२ दशमलव ६५ प्रतिशत रहेको छ ।  नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ । 
तर हाम्रो समाजमा वढि मात्रामा बालिकाहरु वालविवाहको मारमा परेका छन् । कतिपय अवस्थामा बुझेर वा नबुझेर कम उमेरमा गरिने विवाहले उनिहरुको मानसिक र शारिरीक दुवै पक्षमा समस्या निम्त्याइरहेको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल