• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

हरितालिका तीज आज समापन हुँदै, सप्तऋषिको पूजा गरिंदै


 
भाद्र १०, बेसीशहर । आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् ।
आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् ।
साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।
अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।
लमजुङका विभिन्न महादेवको मन्दिरमा ठूलो भीड लागेको छ । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन पनि छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल