• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

आमा समूहले गाउँबाट चलाएको बसको दैनिक १८ हजार कमाई


 
९ भाद्र। बेसीशहर । लमजुङ बेँसीशहर नगरपालिका–५ नाल्माका आमा समूहले नाचगानबाट संकलित रकमले गाउँमा बस चलाएका छन् । गाउँबाट सदरमुकाम आउन जानका लागि सकस भएसँगै आमा समूहले कोषमा संकलित रकमबाट बस खरिद गरेका हुन् । ३७ लाख रुपैयाँमा समूहले बस किनेको छ । 
खुन्द्रुदेवी आमा समूहले गाउँमै हुने विवाह, ब्रतवन्ध, मेला अनि गाउँमा विदेशबाट लाहुरे आउँदा नाच देखाएर संकलन गरेको रकमबाट बस किनेको आमा समूहकी अध्यक्ष तिरकाशी गुरुङले जानकारी दिनुभयो । बस सदरमुकाम बेँसीशहरदेखि नाल्मा गाउँसम्म चल्ने गरेको छ । आमा समूहको डिलक्स बसले गाउँलेलाई निकै राहत दिएको छ । समूहले नयाँ बस किनेसँगै बेँसीशहर–नाल्मा रुटमा बस गुड्न थालेको छ । गाउँसम्म पर्याप्त मात्रमा यातायात सेवा नहुँदा आवातजावत र सामान ढुवानी गर्न गाउँलेले निकै सास्ती भोग्नु परेको पीडालाई मेटाउन बस सञ्चालन गरिएको समूहकी सचिव प्रेमकुमारी गुरुङले बताउनुभयो ।  
समूहकी अध्यक्ष गुरुङले बस सञ्चालन गर्ने विषयमा छलफल हुँदा खातामा तीनलाख रुपैयाँ मात्रै भएको र झण्डै ४० लाख रुपैयाँ लगानी गर्नुपर्ने देखिएपछि अनेकौँ उपाय लगाएर रकम जम्मा गरेको उल्लेख गर्नुभयो । 
बस गाउँबाट विहान सदरमुकाम पुग्ने र बेलुका गाउँमा फर्किने समय तालिका मिलाइएको छ । अहिले गाउँलेलाई आवात–जावत गर्न निकै सजिलो भएको स्थानीय बासिन्दा बताउँछन् । बसले दैनिक १८ हजार रुपैयाँसम्म कमाउने गरेको आमा समूहले जनाएको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल