• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

भूकम्पले घर भत्किँदा पुरिएर मनाङमा एक शिक्षकको मृत्यु


 
१० भाद्र, मनाङ । हिमाली जिल्ला मनाङमा भूकम्पले घर भत्किँदा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
तल्लो मनाङको नासोङ गाउँपालिका वडा नं. ४, ओडारमा बस्दै आएकी ४९ बर्षीया पार्वती गुरुङको भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर विनोद श्रेष्ठले जानकारी दिनुभयो । लमजुङको विम्दा घर भएका उनको परिवार हाल बसाइँसरेर चितवन बस्दै आएका छन् ।
श्रेष्ठका अनुसार बिहीबार साँझ सवा ५ बजेतिर गएको भूकम्पको धक्काका कारण उनी बस्दै आएको घर पूर्ण रुपमा भत्किएको छ । घरभित्र एक्लै रहेकी उनको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताउनुभयो । पार्वती नासोङ गाउँपालिका ४, धारापानीस्थित धारापानी प्राविका शिक्षक थिइन् । विद्यालयका प्रधानाध्यापक रत्नकुमारी गुरुङका अनुसार शिक्षक पार्वती २३ बर्षदेखि उक्त स्कुलमा कार्यरत थिइन् । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल