• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

अत्यधिक रक्सी सेवनले लमजुङमा एकको मृत्यु


 
१० भाद्र, बेसीशहर । अत्यधिक रक्सी सेवन गर्दा लमजुङमा एकजनाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका–२,तालफाँटमा एक पुरुष मृत अबस्थामा फेला परेका हुन् । शनिबार दिउँसो तालफाटस्थित तालबाराहि मन्दिरको पेटीमा बेसीशहर–नपा २ चिसोपानीका ५३ बर्षीय मंगलसिं दमाई मृत अबस्था भेटिएको प्रहरीले जनाएको छ । 
‘सुतेको अबस्थामा भेटिएको खबर आएको थियो, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले भने, ‘अत्यधिक रक्सी सेवन र जण्डिस भएकाले सो घटना घटेको हुनसक्छ ।’ सुतिरहेको अबस्थामा दमाईलाई देखेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । मृतक दमाईको श्रीमती, २ छोरा एवं परिवार भएपनि उनी एक्लै बस्दै आएको स्थानियले बताएका छन् । उनलाई पोष्टमेटमका लागी सदरमुकाम बेसीशहरको जिल्ला सामुदायिक अस्पताल लमजुङमा ल्याइएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल