• Today :
    Tuesday, September 26, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

कसैले आचारसंहिता उल्लंघन गरे एक लाख जरिवाना : आयुक्त पौडेल


 
२८ बैशाख, बेसीशहर ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानिय तह निर्बाचनका बेला कोही कसैलै आचारसंहिता उल्लघंन गरेमा एक लाख रुपैयाँ जरिवाना गर्ने चेतावनी दिनुभएको छ । जिल्लाको निर्वाचन तयारी, आचारसंहिताको पालना र सुरक्षास्थितको बारेमा अनुगमनका लागि लमजुङ आइपुगेका आयुक्त पौडेलले यस्तो बताउनुभएको हो । 
पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त पौडेलले निर्बाचन आचारसंहिता उल्लंघन नगर्ने भन्दै राजनीतिक दलले सहमति जनाइसक्दा पनि आचारसंहिता उल्लंघन गरे उनीहरुलाई नागरिकले भोट नदिने बताउनुभयो । सवारी साधनको लाइन देखाएर मात्रै चुनावमा सफलता हात नपर्ने भन्दै उहाँले सभ्य हुन जरुरी रहेको कुरा स्पष्ट पार्नुभयो  ।
आयुक्त पौडेलले अहिलेको आचारसंहिता सरकारमा बसेकालाई साह्रै कडा र प्रतिपक्षमा बसेकालाई खुल्ला भएको टिप्पणी समेत गनुभएको थियो । निर्वाचनको प्रचारलाई भड्किलो बताउँदैमा जीत हात नपर्ने भन्दै उहाँले शिष्ट रुपमा चुनावी अभियानमा जुट्न आग्रह समेत गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिल्लाको शान्तीसुरक्षा मजबुद भएकाले नागरिकलाई ढुक्क भई मतदान गर्न आग्रह गर्नुभयो । 
यस्तैगरी, निर्वाचन अधिकारी तुलसीप्रसाद तिमील्सीनाले जिल्लामा हाल सम्म भएको प्रगतीको बारेमा जानकारी गराउदै मतदान केन्द्रमा सबै कर्मचारीहरु खटीएको बताउनुभयो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल