• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

अलैची जोन कार्यक्षेत्र छनौट शुरु, सुपर जोन क्षेत्र बनाउन सकिने दावी


 
११ भाद्र, बेसीशहर । अलैची जोन कार्यक्षेत्र छनौट बारे सरोकारवालाहरुबीच आइतबार सदरमुकाम बेशीशहरमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कृषि विकाश मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यावस्थापन इकाई काठमाडौको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
३ वटा अलैची ब्लक क्षेत्र रहेको लमजुङमा अब कुन कुन क्षेत्रलाई जोन क्षेत्रको रुपमा राख्न सकिन्छ भन्नेबारे अलैची कृषकहरु र सरोकारवालाहरु बीच छलफल गरिएको थियो । कार्यक्रममा सरोकारवालाहरुले व्यावसायिक रुपमा लागिरहेका क्षेत्रहरुमा जोन क्षेत्र राखिनुपर्ने बताएका छन् । छलफलले  मस्याङदी गाउपालिका,को ३ सय हेक्टर क्षेत्रफलमा  वडा, नं १ देखि ८ सम्म क्होलासोथार गाउपालिकाको सिङदी, पसगाउ, भुजुङ, उत्तरकन्या, भोजे र गिलुङलाई समेटेको छ ।
त्यस्तै बेशीसहर नगरपालिका अन्र्तगत एक सय हेक्टर क्षेत्रफलमा वडा नं १० र ५ , दुधपोखरी गाउपालिका अन्र्तगत १ सय हेक्टर क्षेत्रफलमा ४ देखि ९ नम्बर वडालाई समेटेका छ । त्यस्तै दुधपोखरी गाउपालिका को १ सय हेकटर क्षेत्रफलमा वडा नं १, २,३,४ र ६ लाई अलैची जोन क्षेत्रको रुपमा समेटेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डले अब अलैची खेती लाई व्यक्तिगत रुपमा नभई व्यावसायिक रुपमा अगाडी बढाउन सकिएमा जिल्लालाई जोन क्षेत्रको रुपमा मात्र नभई सुपर जोन क्षेत्रको रुपमा चिनाउन सकिने बताउनुभयोे । स्थानीयहरुको साथ सहयोग लिएर काम गर्नृ सकियो भने बेराजगार रहेका युवा हरुलाई रोजगारी दिन सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना व्यावस्थापन इकाइका बरिष्ठ अनुगमन तथा मुल्याङकन अधिकृत किशोर प्रसाद पन्त, फलफूल विकाश नियन्त्रण कार्यलयका बरिष्ठ वागवानी विकाश अधिकृत रामजी देवकोटा, राष्ट्रिय मसला बाली विकाश कार्यलयका कार्यक्रम निर्देशक राजेन्द«नाथ अधिकारी, जिल्ला कषि विकाश कार्यलयका प्रमुख कृष्णाभद« अधिकारी लगाएत विभिन्न स्थानका अलैची कृषकहरुको सहभागिता रहेको थियो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल