• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङका पाँचवटा बस्ती स्थानान्तरण गर्न परिपत्र


 
१२ भाद्र, बेसीशहर । पहिरोको जोखिम अध्ययनपछि लमजुङका चार गाउँपालिकाका पाँचवटा बस्ती स्थानान्तरण गर्नुपर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र केन्द्रीय आयोजना कार्यान्वयन इकाईले स्थानीय प्रशासनलाई यस्तो परिपत्र गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अध्ययनपछि पहिचान भएका जोखिमयुक्त बस्तीबारे इकाईले दोर्दी, मस्र्याङदी, क्ब्होलासोंथर र दूधपोखरी गाउँपालिकालाई पत्र लेखेर जानकारी गराएको छ । ती बस्तीलाई स्थानान्तरण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन प्राधिकरणबाट खटिएका भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भ्विद् र जलउत्पन्न प्रकोप व्यवस्थापन विज्ञको टोलीले बुझाएको हो । 
टोलीले गत माघ अन्तिम र फागुन पहिलो साता जिल्लाको साबिक १३ गाविसका जोखिम बस्तीको विस्तृत अध्ययन गरेको थियो । साबिकको दूधपोखरी, इलमपोखरी, ढोडेनी, नौथर, गौंडा, घेर्मु, भोँजे, चिती, श्रीभन्ज्याङ, अर्चलबोट, फलेनी, बन्सार र भोंजेस्थित जोखिमका बस्ती अध्ययनपछि टोलीले ७० घर, ३ सामुदायिक भवन, एउटा साबिकको गाविस भवन र एउटा स्कुल तत्काल स्थानान्तरण गर्नुपर्नेसहितको सुझाव पेस गरेको हो । 
पहिरोले जोखिममा रहेका ती बस्ती २०७२ वैशाख १२ गतेको भूकम्पले झन् जोखिममा पारेपछि अध्ययन गरेको थियो । भू–संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ रमेश सिलवाल, प्रताप श्रेष्ठलगायतको टोली अध्ययनमा खटिएको थियो । त्यतिबेला भूकम्पले जोखिममा पारेका बस्ती तथा त्यस वरपरको पहिरो, चिरिएकोर धाँजा फाटेका ठाउँको अध्ययन अनुसन्धान गरिएको सिलवालले बताउनुभयो । कान्तिपुरमा खबर छ ।
पहिचान गरिएका बस्तीलाई स्थानान्तरण गर्न घर पहिचानका लागि भदौ पहिलो साता प्राधिकरणबाट भूगर्भ्विद्, इन्जिनियरसहितको टोलीले थप अध्ययन गरी बस्ती सार्ने प्रक्रिया थाल्नेछ । प्रतिघरलाई ३ लाख रुपैयाँ घर निर्माण र जग्गा खरिदका लागि २ लाख रुपैयाँ सरकारले सहयोग गर्नेछ । 
भदौमा भूगर्भ्विद्सहितको टोली आएपछि स्थानान्तरणको प्रक्रिया अघि बढ्नेछ । यसअघि भूकम्प गएको दुई महिनापछि जिल्ला दैवीप्रकोप उद्धार समिति (डीडीआरसी) ले १६ गाउँलाई तत्काल स्थानान्तरण गर्नुपर्ने सिफारिस गृह मन्त्रालयमा पठाएको थियो । जिल्लामा उपलब्ध इन्जिनियर, प्राविधिकसहितको तथ्यांकअनुसार ३ सय ६७ घरधुरीलाई तत्काल सार्नुपर्ने देखिएको थियो । भूकम्प गएको झन्डै २ वर्षपछि गरिएको अध्ययनअनुसार तत्काल ७० घर, ३ सामुदायिक भवन, एउटा साबिकको गाविस भवन र एउटा स्कुल तत्काल स्थानान्तरण गर्नुपर्ने देखिएको हो ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल