• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

हरेक तहमा प्रहरी विट तैनाथ गर्छु : प्रनाउ विष्ट


 
१२ भाद्र, बेसीशहर । जिल्लामा क्रियाशिल सञ्चारकर्मी र नवआगन्तुक प्रहरी प्रमुख विच परिचयात्मक छलफल कार्यक्रम गरिएको छ । भ्रखरमात्र जिल्ला आउनुभएका प्रहरी नायव उपरिक्षक पदम बहादुर विष्ट र जिल्लामा क्रियाशिल सञ्चारकमीबीच जिल्लाको सुरक्षा अवस्था र भावि रणनितिबारे छलफल समेत भएको थियो । 
सो अवसरमा बोल्दै नवआगन्तुक प्रनाउ विष्टले जिल्लामा शान्ति सुरक्षा सुव्यवस्थित बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । जस्का लागी सञ्चारकर्मीको साथ र सहयोग अपरिहार्य हुँने भन्दै उहाँले सहकार्यका साथ अघि बढ्ने कुरा व्यत्त गर्नुभयो । 
स्थानीय तह समायोजन भैसकेको अवस्था र शान्ति सुरक्षाका प्रहरीको कमी सम्बन्धी पत्रकारको प्रश्नमा प्रनाउ विष्टले छिटै हरेक तहमा प्रहरी विट तैनाथ गरिने र थप प्रहरी माग गरिने बताउनुभयो । 
बजारी क्षेत्रमा हुने चोरी लगाएतका घट्ना नियन्त्रणमा थप निति र योजना बनाएको भन्दै उहाँले ग्रामीण क्षेत्रमा समेत सो निति लागु गर्ने उल्लेख गर्नुभयो । 
सो अवसरमा पत्रकार महासंघ जिल्ला शाखा सहित अन्य पत्रकारहरुले प्रनाउ विष्टलाई खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नविन कुँईकेल, लगाएत जिल्लाका क्रियाशिल पत्रकार, मिडिया प्रमुख, प्रहरी निरिक्षकहरु लगाएतको उपस्थिति थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल