• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा होटल व्यवसाय फस्टाउँदै, व्यवसायमा डेढ लाख देखी ६ करोडसम्म लगानी


 
वसन्त भट्ट
१२ भाद्र, बेसीशहर । पछिल्लो समय लमजुङमा होटल व्यवसाय फस्टाउदै गएको छ । व्यवसायमा फाइदा देखेपछि जिल्लाको मुख्य बजार क्षेत्र र ग्रामिण क्षेत्रमा समेत होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी बढ्दै गएका छन् । सदरमुकाम बेसीशहर सहित मुख्य व्यापारीक केन्द्रहरुमा साना तथा ठूला होटलमा लगानी भएको छ । 
पर्यटकीय क्षेत्रको रुपमा भएकाले पनि होटल व्यवसाय फस्टाउँदै गएको घरेलु तथा साना उद्योग  विकास समिति लमजुङले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७३÷७४ मा ४४ वटा होटल दर्ता भएका छन् । 
त्यस्तै अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा भने ३८ ओटा होटल व्यवसाय दर्ता भएका थिए । जिल्लामा होटल व्यवसायहरु बढेपनि अधिकांशले दर्ता नगरी सञ्चालन गर्दै आएको पनि कार्यालयले जनाएको छ । 
जिल्लामा पर्यटकको आगमनमा वृद्धिसँगै ठूला अनि सुविधासम्पन्न होटल निर्माणको क्रम पनि बढ्दै गएको छ । पछिल्लो समय जिल्लाभित्र डेढ लाख देखि ६ करोड सम्मको लागानी रहेका होटलहरु सञ्चालनमा छन् । 
पर्यटन आवागमनले होटल व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने हुनाले पर्यटकको सङ्ख्या वृद्धि गर्नका लागि पर्यटकिय क्षेत्रलाई व्यवस्थित बनाउन सम्वन्धीत निकायको चासो हुनुपर्ने व्यवसायीले वताएका छन् । त्यस्तै संख्यात्मक भन्दा पनि गुणात्मक होटल व्यावसाय वृद्धिका लागि व्यवसायीले ध्यान दिनु पनि जरुरी रहेको छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल