• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङ सहित ३७ जिल्लामा अब एउटामात्र निर्वाचन क्षेत्र


 
१४ भाद्र, काठमान्डौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाएको छ । ३५ दिन काम गरेर आयोगले संविधान अनुसार संघीय संसद अर्थात प्रतिनिधिसभाका लागि एक सय ६५ संघीय र ३ सय ३० प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो ।
प्रतिनिधिसभाको एक क्षेत्र बराबर प्रदेशसभाको २ क्षेत्र बनाइएको छ । सबैभन्दा धेरै काठमाडौंमा प्रतिनिधिसभा लागि १० वटा निर्वाचन क्षेत्र कायम गरिएको छ । काठमाडौंमा यसअघि पनि १० वटै निर्वाचन क्षेत्र थिए । प्रदेशसभाका लागि भने काठमाडौंमा २० क्षेत्र बनेका छन् । 
प्रतिनिधिसभका लागि ३७ वटा जिल्लामा एउटामात्र निर्वाचन क्षेत्र बनाइएको छ । जसअन्तर्गत लमजुङमा पनि अब एउटा मात्र निर्वाचन क्षेत्र रहने भएको छ । 
निर्वाचन क्षेत्र निर्धारण गर्दा केही गाउँपालिका र नगरपालिकालाईसमेत टुक्रयाइएको छ । तर वडालाई भने टुक्र्याइको छैन । आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रतिवेदन बुझाएका हुन् ।
आयोगले संविधान बमोजिम जनसंख्या र भुगोलका आधारमा संघीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गरेको हो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल