• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

लमजुङमा गोलासाई जातको अलैंची टिप्न शुरु


 
१४ भाद्र, ताराचोक । लमजुङमा गोलासाई जातको अलैची हार्बेस्टीङ (टिप्ने काम) शुरु भएको छ । अलैची व्यवसायी महासंघ लमजुङ शाखाको उपस्थितिमा मस्र्याङ्दी गाउँपालिका वडा नं. ७ ताराचोकको शेराका किसानहरुले अलैची टिप्ने काम शुरु गरेका हुन् ।
अलैची व्यवसायी महासंघ लमजुङ शाखाले अलैची हार्वेस्टिङका लागि स्थानीय अलैची किसानहरुलाई वडा नं. ७ का जननिर्वाचित वडा सदस्य ईन्द्रप्रसाद तामाङको रोहवरमा २० वटा हार्वेस्टीङ छुरा प्रदान गरिएको थियो । 
अलैची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले अलैची टिप्ने तरिका, अलैची टिप्दा अपनाउनु पर्ने होशियारी र सचेतनाका बारेमा कृषकहरुलाई जानकारी दिनु भएको थियो । सोही वडाका अलैची कृषक ४८ वर्षीय कमलबहादुर खत्रीले गत वर्ष ७ रोपनी जग्गाबाट दुई क्वीन्टल ८४ किलो अलैंची उत्पादन गर्नुभएको थियो । यस वर्ष अलैची खेती बिस्तार गरी १३ रोपनी जग्गामा गरेको अलैंची खेतीबाट दोब्बर आम्दानी हुने बताउनु भयो । 
त्यस्तैगरी ताराचोकका ६७ वर्षीय इमानसिङ गुरुङले ८ रोपनी जग्गामा गरेको अलैंची खेतीबाट दुई क्वीन्टल उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भएको छ । अहिले तारचोकमा अलैची किसानहरु अलैंची टिप्नमा व्यस्त रहेका छन् ।
समुन्द्री सतहदेखि १२ सयदेखि १५ सयसम्मको उचाईमा गोलसाई जातको अलैचीको गुणस्तर उत्पादनको सिफारिस गरिएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल