• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

कारागारमा घुम्ती पुस्तकालय सेवा


 
१४ भाद्र, बेसीशहर । दशौं पुस्तकालय दिवसको पूर्वसन्ध्यामा लमजुङ स्थित जिल्ला कारागार लमजुङमा घुम्ती पुस्तकालय सेवा शुरु भएको छ । ‘लाईब्रेरीज पावरीङ डेभलपमेन्ट’ शिर्षकमा संसारभरका दशवटा सामुदायिक पुस्तकालयमा सुचिकृत लमजुङ सदरमुकाम बेसीशहरको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालय सेवा सञ्चालन गरेको हो ।
घुम्ती पुस्तकालय सेवाको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले उद्घाटन गर्नुभयो । जिसस प्रमुख पाण्डेले समुन्नत समाजको निर्माणाका लागि पुस्तकालयको भुमिका महत्वपूर्ण हुने चर्चा गर्दै बिभिन्न परीबेश र परिबन्धका कारण जेलजिवन भोगिरहेका कैदीबन्दीले पनि पुस्तक पढ्न पाउनु उनीहरुको अधिकार रहेको बताउनुभयो । 
उहाँले जेलजिवन बिताईरहँदा नकारात्मक भन्दा सकारात्मक सोच लिनका लागि पुस्तकालय उपयोगि हुने बिश्वास ब्यक्त गर्नुभयो ।
सोच, नदि जस्तो जिन्दागी, मस्र्याङ्दी, शिक्षामा क्रान्ति, असफल स्कुल लगायतका ५८ वटा पुस्तक कैदीबन्दीका लागी कारागारमा उपलब्ध गराइएको  पुस्तकालयका अध्यक्ष नारायनबहादुर सुर्यलले बताउनुभयो । कारागारमा १५÷१५ दिनमा पुस्तक परिवर्तन गरीने पुस्तकालयका महासचिव दिपक अधिकारीले जानकारी दिनुभयो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल