• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मनाईयो पुस्तकालय दिवस, दुई अभियन्तालाई सम्मान


 
भदौ १५ गते । दशौं पुस्तकालय दिवसको अवसरमा सदरमुकाम बेसीसहरमा जिल्लाका सरोकारावालाहरुको विचमा पुस्तक चर्चा गरिएको छ ।
राजनीतिज्ञ, गाउँ तथा नगरमा निवार्चित जनप्रतिनिधि, सरकारी कार्यालय तथा गैह्रसरकारी संस्थाका प्रतिनिधि, वुद्धिजीवि, शैक्षिकअभियान्त र सञ्चारकर्मी विच पुस्तक चर्चा गरिएको हो । 
नेपालकै नमूना र विश्वकै १० सामुदायिक पुस्तकालयमा सूचिकृत बेसीशहर स्थित लक्ष्मीनारायण पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा पुस्तकालयको इतिहास, अवस्था, महत्व, यसको सञ्चालनमा समस्या र चुनौती लगायतका विभिन्न पक्षमा चर्चा गरियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङ, उपप्रमुख लोकराज पाण्डेले समाजमा अध्ययन संस्कृतिको कमी भएकाले प्रत्येक स्थानीयतहमा पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताए । देश र दुनियाँ बुझ्ने सजिलो माध्यम नै किताब, पत्रपत्रिकाको अध्ययन भएको पनि पाण्डेले बताए । 
कार्यक्रममा पूर्व स्वास्थ्य सहायकमन्त्री रामचन्द्र अधिकारी, बेसीसहर  नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी, सुन्दरबजार नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, दोर्दी गाउँपालिका उपप्रमुख डिलबहादुर घले, निमित्त स्थानीय विकास अधिकारी मेघेन्द्र पोख्रेल, उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराई, वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव चापागाईं, केन्द्रिय सामुदायिक पुस्तकालयका अध्यक्ष गणेश नेउपाने लगायतले पुस्तक र पुस्तकालयका बारेमा चर्चा गरे ।
‘जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय तहः एक नमूना विद्यालय’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी श्रीप्रसाद भट्टराई र पुस्तकालयका महासचिव दिपक अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । 
जिल्लामा अहिले २ सय ९० विद्यालयमा पुस्तकालय र १५ वटा सामुदायिक पुस्तकालय रहेकोमा तिनलाई थप व्यवस्थित बनाउनु आवश्यक रहेको बताईएको छ । स्थायी प्रकृतिको स्रोत नहुँदा पुस्तकालय सञ्चालन गर्न समस्या परेको पुस्तकालयका पदाधिकारीले बताए । पुस्तकालयको दीगोपना, पाठकको रुचि अनुसारका किताव तथा सामाग्रीहरु उपलब्ध गराउन नसक्नु जस्ता चुनौती रहेको लक्ष्मीनारायण पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुयलले बताए । 
कार्यक्रमकै अवसरमा पुस्तकालयका संस्थापक अध्यक्ष एवं नेपाल सामुदायिक पुस्तकालयका केन्द्रिय अध्यक्ष दुराडाँडाका गणेशप्रसाद नेउपाने र पुस्तक अभियान्त रुम टु रिड, जोन उड्का उत्प्रेरक बोराङका स्वर्गीय पशुपतिनाथ न्यौपानेका श्रीमति ईश्वरी न्यौपानेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपालमा वि.सं १८६९ भाद्र १५ गते “पुस्तक चिताई तहबिल” स्थापना गर्न लगाइ गिर्वाणयुद्ध बिक्रम शाहद्धारा पुस्तकालय स्थापनामा चासो देखाएका थिए ।  नेपालमा २०६५ भाद्र १५ देखी पुस्तकालय दिबस मनाउने गरिएको हो । 
नेपाल सरकारले पुस्तकालयलाई गाउँगाउँमा लैजानका लागि एकगाउँ एक सामुदायिक पुस्तकालय अभियान घोषणा गरेको थियो । स्मरणीय छ, तत्कालिन जिल्ला बिकास समितिको जिल्ला परिषदबाट पनि एक गाउँ एक सामुदायिक पुस्तकालय नीति पारीत पनि भएको थियो । तर, सो कार्यक्रमका लागि न सरकारबाट बजेटको ब्यवस्था सहित नीतिको कार्यान्वयन गरीयो न जिबिसलेनै कुनै काम गर्न सक्यो । 
लामो समय देखि रिक्त रहेको स्थानीय तहको पूर्णतासँगै आएका जनप्रतिनिधिहरु भने सरकारको नीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल