Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

SITENAME

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले भूकम्पको तीन बर्षमा पनि पिडितहरु पिडामै रहनु दुखदायी भएको बताएका छन्

राष्ट्रिय पुननिर्माण प्राधिकरणसँगको अन्तरक्रियात्मक कार्यक्रममा उनीहरुले हरेक स्थानीय तह यो विषयमा गम्भिर बन्नुपर्नेमा समेत जोड दिए

बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिं अर्यालले भुकम्प पिडितहरुले सहज रुपमा घर पुननिर्माण गर्न पाउनु पर्ने वताउनुभयो भूकम्प गएको वर्ष पुरा हुने समयमा पनि प्राधिकरणले गुनासो बटुल्ने मात्र गरिरहेकोले यो दुखद पक्ष रहेको औल्याउनुभयो

समयमा प्राविधिक नपुग्ने पुगेपनि प्राविधिकहरुमा पनि ज्ञान तालिमको अभावका कारण पिडितको काम छिटो छरितो नभएकोप्रति गुनासो पोख्दै उहाँले अवका दिनमा लाभग्राहीलाई किस्ता भुक्तानीमा लचकता उपनाउन आग्रह गर्नुभयो  

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य मायानाथ अधिकारीले लाभग्राहीले समयमा किस्ता भुक्तानी नपाएको गुनासो आइरहेकाले जिल्लाका सबै स्थानिय तह प्रमुख उपप्रमुखले निगरानी वढाउन  आवश्यक रहेको वताउनुभयो उहाँले पुननिर्माणका लागी जिल्लामा घुम्ती प्राविधिक टोली पठाउनुपर्ने जनप्रतिनिधि कर्मचारी बिच समन्वयको आवश्यक रहेको वताउनुभयो

कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख गौरी कुमार श्रेष्ठले पुननिर्माणको क्षेत्रमा जिल्लामा हाल सम्म भएका प्रगति अवका योजनाका वारेमा प्रस्तुतीकरण गर्नुभएको थियो जनप्रतिनिधीले  पिडितले भूकम्प पश्चात ऋण काढेर बनाएका घरहरु प्राधिकरणले मापदण्ड विपरित भन्नु प्राधिकरणको नकरात्मक पक्ष रहेको दावी समेत गरेका थिए

कार्यक्रका सहभागीहरुले लाभग्राहीहरुको गुनासो सम्बोधन नभएको, प्राविधिक लाई भेट्न ग्राहो भएकोपटक पटक भूकम्पपीडितको गुनासो संकलन गरे पनि त्यसको कार्यन्वयनमा ढिलाई भएको जस्ता गुनासो गरेका थिए कार्यक्रममा आएको गुनासो प्रश्नको वारेमा प्राविधिक कार्यालयका प्रमुख गौरी कुमार श्रेष्ठ, सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सचिन्द्र कुमार देव जिल्ला समन्वय इन्जिनियर उमेश कुमार डगोलले प्रकास पार्नुभएको थियो   बेसीशहर नगरपालिकाले नेपाल युरोपियन युनियनको सयुक्त पहलको सहयोगमा कार्यक्रम आयोजना गरेको हो कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत मेघेन्द्र पोखरलेलले गर्नुभएको थियो

प्रतिकृया दिनुहोस
SITENAME

मस्र्याङदी गाउँपालिकाकाले व्यवसाय कर लिँदै, होमस्टे सञ्चालक लाई तोकियो वार्षिक ५ सय रुपैया कर

मस्र्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि व्यवसायिक कर लिने भएको छ । पछिल्लो समय गाउँपालिकामा फस्टाउदै आएको होमस्टेलाई पनि गाउँपालिकाले करको

क्व्होलासोँथर  गाउँपालिकाले एक वडा एक प्राविधिक उत्पादन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिकाले एक वडा एक प्राविधिक अभियान चलाउने भएको छ । गाउँपालिकाको बैठकले जिल्लामै रहेको लमजुङ सीप विकास प्रतिष्ठान गैरी

SITENAME

लमजुङमा युरिया मल अभाव, व्यवसायीक किसान मर्कामा

युरिया मलको अभावले किसान मर्कामा परेका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । साविकको