Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीशहर नगरपालिकाद्धारा मोवाइल एप सञ्चालन, सम्पूर्ण विवरण अब मोवाईलमै 

SITENAME


बेसीशहर नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । अब नगरबासीहरुले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एप मार्फत जानकारी लिन सक्ने भएका छन् । मोवाईल एपमा नगरपालिकाको सबै वस्तुगत विवरण सँगै जनप्रतिनिधी र कर्मचारीको पूर्ण विवरण समावेश गरिएको छ । 
मोवाईल एप खोलेर नगरपालिकाले वडा र नगरबाट दिने सम्पूर्ण सेवाबारे जानकारी पाउनुका साथै नगरपालिकाको कार्ययोजना, विकासे योजनाबारे बजेट सहितको विवरण थाहा पाउन सकिने प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद तिवारीले बताउनुभयो । 
यस्तै विपतबारेका सुचना, नगरभित्रका महत्वपूर्ण ऐतिहाशिक एवं धार्मीक स्थलहरु, आपत्तकालिन नम्बर समेत एपमा समावेश गरिएको छ । नगरबासीले आफुलाई चाहिने विवरण थाहा पाउन मोवाईलको प्ले स्टोरमा गई अग्रेजीमा
Besishahar municipality   को एप डाउनलोड गरी विस्तृत जानकारी लिन सकिनेछ । 
यो एप हालका लागी एनड्रोड मोवाईलमा मात्र लागु हुने नगरपालिकाले जनाएको छ । नागरिकका आवश्यक सल्लाह सुझाव र गुनासो समेत एपमा समावेश हुने भएकाले समयअनुकुल परिमार्जन गरिने नगर प्रमुख गुमासिंह अर्यालले बताउनुभयो । एपको सहायताले नगरबासीले घरमै बसी बसी सम्पूर्ण विवरण प्राप्त गर्ने भएकाले धेरै सहज र सरल सेवा प्रदानमा नगरपालिका अग्रसर हुने अर्यालको भनाई छ । 

 

प्रतिकृया दिनुहोस
SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा

SITENAME

प्रगतिटोल समूहद्धारा बृद्धाआश्रमलाई सहयोग

मंसिर २० । तनहुँको भानु नगरपालिका–११ रुपाकोटको प्रगतिटोल समूहले बृद्धाआश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ । तिहारमा देउसीभैलो मार्फत जम्मा