Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङ सेवा समिति हङकङद्धारा विभिन्न शीर्षकमा डेढ लाख सहयोग प्रदान 

SITENAME

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले विभिन्न शिर्षकमा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग वितरण गरेको छ । 
समितिले स्वास्थ्य र शिक्षा क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्ति र जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गरेको हो । जसमध्ये २ जनालाई छात्रवृति र स्वास्थ्यसम्वन्धि विभिन्न समस्या भएका ८ जनालाई उपचार खर्च सहयोग गरेको छ भने स्वास्थ्य शिविर सञ्चालनमा समेत सहयोग प्रदान गरेको छ । सो सहयोग रकम सोमवार एक कार्यक्रमका विच वितरण गरिएको हो ।
जेहेन्दार छात्रवृतितर्फ सामुदायिक विद्यालयबाट २०७४ सालको एसईई परिक्षामा ३.६५ जिपिए ल्याउन सफल राइनास ५ तिनपिप्लेका विशाल भट्टलाई १५ हजार र सुन्दरवजारका करण बस्याललाई १० हजार रुपैया प्रदान गरिएको छ । 
लामो समयदेखि आन्द्राको क्यासरबाट पिडित मस्र्याङदी गाउँपालिका वडा नं. ३ का जितवहादुर गुरुङलाई १५ हजार, पक्षघातको समस्या भएका बेसीशहर ११ का इन्द्रवहादुर परियारलाई १० हजार, मृगौला पिडित दोर्दी ५ की टौमाया गुरुङलाई १५ हजार र दोर्दी ३ का मुटुको समस्याबाट पिडित ९ वर्षिय राज परियारलाई १० हजार रुपैया उपचार खर्चका लागि सहयोग प्रदान गरिएको सम्पर्क समिति लमजुङका सदस्य मिना गुरुङले जानकारी दिनुभयो । 
त्यस्तै मृगौलाको समस्याबाट पिडित क्होलासोथर ३ का पञ्चमान गुरुङ र विकास गुरुङलाई जनही १०÷१० हजार, क्होलासोथर ४ का पसवहादुर गुरुङलाई १० हजार, क्होलासोथर ९ का अभिषेक विकलाई १० हजार र बेसीशहर ९ की सन्तकासी गुरुङलाई १० हजार रुपैया सहयोग गरिएको छ । समितिले विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई उपचार खर्चमा सहयोग गर्नुका साथै मस्र्याङदी गाउँपालिकाको जगतमा कार्तिक १७ गते सञ्चालित स्वास्थ्य शिविरमा २५ हजार रुपैया सहयोग गरेको हो । 
रोजगारीको सिलसिलामा हङकङ वस्दै आएका लमजुङ्गेहरुले सामाजिक सेवा गर्ने उद्धेश्यले ४० लाखको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट प्राप्त व्याजमार्फत् समितिले शिक्षा,  स्वास्थ्य, विपद्, खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको समतिका संरक्षक जमिन्द्रमान घलेले वताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा

SITENAME

प्रगतिटोल समूहद्धारा बृद्धाआश्रमलाई सहयोग

मंसिर २० । तनहुँको भानु नगरपालिका–११ रुपाकोटको प्रगतिटोल समूहले बृद्धाआश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ । तिहारमा देउसीभैलो मार्फत जम्मा