Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

प्रगतिटोल समूहद्धारा बृद्धाआश्रमलाई सहयोग

SITENAME

मंसिर २० । तनहुँको भानु नगरपालिका–११ रुपाकोटको प्रगतिटोल समूहले बृद्धाआश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ । तिहारमा देउसीभैलो मार्फत जम्मा गरेको रकमबाट लमजुङको राईनास नगरपालिका–८ स्थित सर्वोदय सेवा आश्रममा रहेका बृद्धबृद्धालाई खाद्यन्न सामाग्री सहयोग गरेको हो । बिहिबार वाला चतुर्दशीको अवसर पारेर बृद्धाआश्रममा २५ केजी चामल, २ केजी दाल सँगै नुन, चियापत्ती, मसला र फलफुल वितरण गरिएको समूहका अध्यक्ष सरला अधिकारीले बताउनुभयो । समूहले आश्रमलाई नगद ५ सय ५ रुपैँया पनि आर्थिक सहयोग गरेको छ । समूहको रकम सामाजिक क्षेत्रमै खर्च गर्ने उद्धेश्य अनुरुप बृद्धाआश्रमलाई पनि केहि सहयोग उपलब्ध गराएको भन्दै यसलाई निरन्तरता दिने समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । समूहका २१ जना पदाधिकारी सहित स्थानीय बुद्धिजीविहरुको सो सहयोग कार्यक्रममा सहभागी रहेको स्थानीय श्रीहरी अधिकारीले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस
SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा

SITENAME

लमजुङ सेवा समिति हङकङद्धारा विभिन्न शीर्षकमा डेढ लाख सहयोग प्रदान 

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले विभिन्न शिर्षकमा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग वितरण गरेको छ ।  समितिले स्वास्थ्य र शिक्षा