Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

‘हालत खराब’ डुम्रे–बेसीशहर सडक

SITENAME


निरज अधिकारी
बेसीशहर, मंसिर २० गते । लमजुङलाई पृथ्वी राजमार्ग सम्म जोड्ने सहायक राजमार्गको रुपमा रहेको डुम्रे–बेसीशहर सडक अहिले निकै जोखिम मार्ग बन्दै गएको छ । दैनिक ५ सय हाराहारीमा सवारीसाधन गुड्ने यो सडक उचित मर्मत र विस्तार हुन नसक्दा उच्च जोखिम बढेको हो ।
डुम्रे–बेसीशहर सडक ४२ किलोमिटर छ । एक लेनको सडक ठाउँ–ठाउँमा आधा भत्किएको छ । पिच भत्केर अधिकांश ठाउँमा खाल्डा–खुल्डी मात्रै छन् । दुईओटा सवारी क्रस गर्न मुस्किल पर्छ । ठाउँ–ठाउँका निर्माण भएका कजओय सबै भत्किएको अवस्था छ । घुम्ति मोडहरु समेत साघँरो हुँदा जोखिम यात्रागर्न बाध्य भएको सवारी चालक किरण कुवँर क्षेत्रीले बताउनुभयो ।
मुख्य मार्ग भएपनि सडकमा न पूरा पिच देख्न सकिन्छ, न उचित मर्मत । सडक मर्मतको नाममा करोडौ बजेट सक्किएपनि सडकको अवस्था नाजुक नै छ । गत आव २०७४÷०७५ मा  पनि सडक मर्मतका लागी भनी २ करोड ५४ लाख बजेट विनियोजन भएको थियो । सडक मर्मतको जिम्मा नयाँबाटो निर्माण सेवा पोखरालाई लगाईएपनि गुणस्तरिय मर्मत नहुदाँ अधिकांश स्थानमा भत्किसकेको अवस्था छ । भत्किएका ठाउँको रकम भुक्तानी रोक्ने र थप मर्मत कार्यलाई छिटै अघि बढाउने तयारी भएको डिभिजन सडक कार्यालय दमौलीका सुचना अधिकारी कर्ण खत्रीले जानकारी दिनुभयो ।  
करिब दुई दशक अघि कालोपत्रे भएको यो सडक, त्यसपछि न विस्तार हुन सकेको छ, न उचित मर्मत नै । लमजुङ हाईड्रोमैत्री जिल्ला भएकाले सडकको क्षमता भन्दा ठूला सवारी भित्रदा समेत सडक नाजुक बनेको छ । सडकमा बर्षेनी सवारीको चाप बढेको बढ्यै छ । सडकको नाला समेत व्यवस्थित नहुँदा सवारी दुर्घटनाको समेत उच्च जोखिम बढ्दै आएको छ । सडक विभागले सडक विस्तार गर्ने नाममा बेला–बेलामा सर्वेको कार्य गरेपनि सडकको उचित विस्तार र मर्मतमा अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको देखिन्न ।
क्याप्सन : सडक खण्ड अन्तर्गत लमजुङको भोटेवडारमा भत्किएको कजओए ।
 

प्रतिकृया दिनुहोस
SITENAME

८ महिनामा रुदी बी को विद्युत प्रसारण प्रणालीमा थपिँदै

बेसीशहर । लमजुङमा निर्माणधीन रुदी बी जलविद्युत आयोजनाको ६.६ मेगावाट विद्युत अबको ८ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । आयोजनाबाट २०७६

SITENAME

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा ५ करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको छ । कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक

SITENAME

लमजुङ जिल्ला सामुदायिक अस्पतालद्धारा १ करोड भन्दा वढिको निशुल्क सेवा प्रदान,

बसन्ता भट्ट/बानियाँ सदमुकाम बेसीशहरमा रहेको एचडिसिएस लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक वर्षको अवधिमा १ करोड भन्दा वढीको निशुल्क सेवा प्रदान