Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

SITENAME

निरज अधिकारी
मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा शंकाय थप गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको भानु ११–मानेचौकास्थित रहेको सोहि क्याम्पसको पाँचौं बार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले क्याम्पसको स्तरोन्नतिका लागि स्थानीय तहले विशेष भूमिका खेली प्रदेश सरकारमार्फत समेत सहयोग भित्रर्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो सक्रियतामा स्थापित क्याम्पस तनहुँ र लमजुङको सुन्दरबजार क्षेत्र समेतका लागि आवश्यकता महसुस गरेर स्थापना भएको बताउँर्दै शैक्षिक स्तर उकास्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका  नेपाली कांग्रेसका पूर्व सभापति रघुनाथ पौडेलले मानेचौका क्षेत्रको विकासका लागि पूर्व मन्त्री जोशीको विशेष देन भएको बताउनुभयो । उहाँले जोशीको सक्रियताबाट क्याम्पसले थप विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आधुनिक शिक्षा अहिलेको अपरिहार्य आवश्यकता भएको भन्दै क्याम्पसको सर्वागिंण विकासका लागि प्रदेश सरकारसँग समन्वय गर्ने बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले क्याम्पसको गुणस्तर वृद्धि र स्थानीयस्तरमा रोजगार श्रृजना गर्नका लागि क्याम्पसमा इञ्जिनियरिङ शिक्षा थप गरी पठनपाठन गराउनुपर्ने बताउनुभयो ।  
क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले आफू अध्यक्ष रहँदासम्म क्याम्पसको विकासमा सक्दो पहल गर्ने भन्दै स्थानीयबाट साथको अपेक्षा गरेको बताउनुभयो ।
नेपाल महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेलले तनहुँको उत्तरी भेग भए पनि रुपाकोटका नागरिक शिक्षाका कारण नै विभिन्न तहमा आफ्नो नेतृत्व लिन सफल भएको बताउनुभयो । उहाँले महिलाविरुद्ध हुने हिंसा नियन्त्रणमा सरकार असफल भएकोसमेत टिप्पणी समेत गर्नुभयो ।
कार्यक्रममा लमजुङको सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि टेकबहादुर गुरुङ लगायतले बोलेका थिए ।
क्याम्पस प्रमुख हरिबहादुर बोहोराले कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्याम्पसका रत्नबहादुर तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस
SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

प्रगतिटोल समूहद्धारा बृद्धाआश्रमलाई सहयोग

मंसिर २० । तनहुँको भानु नगरपालिका–११ रुपाकोटको प्रगतिटोल समूहले बृद्धाआश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ । तिहारमा देउसीभैलो मार्फत जम्मा

SITENAME

लमजुङ सेवा समिति हङकङद्धारा विभिन्न शीर्षकमा डेढ लाख सहयोग प्रदान 

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले विभिन्न शिर्षकमा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग वितरण गरेको छ ।  समितिले स्वास्थ्य र शिक्षा