Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

८ महिनामा रुदी बी को विद्युत प्रसारण प्रणालीमा थपिँदै

SITENAME

बेसीशहर । लमजुङमा निर्माणधीन रुदी बी जलविद्युत आयोजनाको ६.६ मेगावाट विद्युत अबको ८ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । आयोजनाबाट २०७६ असारबाट विद्युत उत्पादन गर्न लागिएको हो । निर्धारित तालिका अनुसार विद्युत उत्पादन गर्न सबै सिभिल संरचना निर्माणको काम समानरुपमा भइरहेको आयोजना प्रमुख सरोज भट्टराइले बताउनुभयो ।
उहाँका अनुसार आयोजनामा ३ वटा बाँध रहने गरी डिजाइन गरिएको छ । तोगो खोला, कार्बु खोला र कैभु खोला बाँध निर्माण भइरहेको छ । तोगो खोलामा निर्माणधीन मुख्य बाँधको निर्माण अन्तिम चरणमा पुगेको छ । कार्बु र कैभु खोलामा पनि बाँधको काम भइरहेको भट्टराइले बताउनुभयो । यस्तै, आयोजनाको साढे ३ किलोमिटर लामो पाइपलाइनको काम धमाधम भइरहेको छ ।
आगामी वर्षा सुरु हुनु अघि पाइपलाइन बिछ्याउने काम सम्पन्न गरिने आयोजनाले जनाएको छ । यस्तै, विद्युतगृहको सिभिल संरचना निर्माणको काम पूरा भएको छ । संरचना निर्माणको काम सकिएपछि अहिले विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । २०७३ सालबाट निर्माण सुरु गरिएको आयोजना पूरा गरी उत्पादन हुने विद्युत ९ किलोमिटर दुरीको मुङ्गे्रबेसी सबस्टेसनमा जोडिनेछ ।
सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन निर्माण गरिसकेको छ । १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा सानिमा बैंकको अगुवाइमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागतको ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

‘हालत खराब’ डुम्रे–बेसीशहर सडक

निरज अधिकारी बेसीशहर, मंसिर २० गते । लमजुङलाई पृथ्वी राजमार्ग सम्म जोड्ने सहायक राजमार्गको रुपमा रहेको डुम्रे–बेसीशहर सडक अहिले निकै जोखिम मार्ग

SITENAME

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा ५ करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको छ । कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक

SITENAME

लमजुङ जिल्ला सामुदायिक अस्पतालद्धारा १ करोड भन्दा वढिको निशुल्क सेवा प्रदान,

बसन्ता भट्ट/बानियाँ सदमुकाम बेसीशहरमा रहेको एचडिसिएस लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक वर्षको अवधिमा १ करोड भन्दा वढीको निशुल्क सेवा प्रदान