Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

SITENAME

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन्

२०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद लमजुङले प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसँग विदा दिनुपर्ने माग गरेको

छोँज धिले आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउंदै नजकिदै  गरेको ल्होसार लगायतका अन्य चाडपर्वमा कटौति गरेको विदा यथाशिघ्र पुनःस्थापित गर्न माग गरेको हो

नेपाल बहुजातीय, बहुभाषिक, बहु साँस्कृतिक बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक धार्मिक समुहप्रति राज्यबाट समान व्यवहार हुनुपर्नेमा वर्तमान सरकारले यस बर्षदेखि सार्वजनिक विदाको सवालमा लिएको निर्णयले अन्यन्तै दुखित आक्रोसित बनाएको स्मरणपत्रमा उल्लेख पत्रमा लेखिएको , ‘ ४५. प्रतिशत जनताले आदिमकाल देखि मनाउदै आएको उधौलीउभौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार माघीमाघे संक्रान्ति गरी पाँच पर्वमा सार्वजनिक विदा दिएकोमा वर्तमान सरकारबाट भएको विदा कटौतीको जनजाति समुदायले घोर भत्र्सना गर्दछौं

सरकार सबै नेपालीको साझा अभिभावक हो भन्ने अनुभूति गराउने बाटोतर्फ अघि बढ्नुको साटो वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले सरकार एकल जाति, भाषा, संस्कार, संस्कृति धर्मको पक्षमा मात्रै रहेको अनुभूति भएको परिषदले बताएको मुलुक सबै जाति, समुदायको साझा हो भन्ने अनुभूति गराउन असमानताको अन्त्यको लागि तमु ल्होसार (पुस १५) गते विदा दिनुपर्ने उनिहरुको माग

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रिय सचिव मेनवहादर घले, जिल्ला अध्यक्ष ठाकुरप्रसाद गुरुङ, सचिव जिवराज घले, तमु वुद्धिजिवि गमप्रसाद गुरुङ लगायत परिषदका पदाधिकारी गुरुङ समुदायका व्यक्तिहरुको टोलीले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई स्मरण पत्र वुझाएका हुन् पत्र वुझ्दै प्रजिअ ढकालले हरेक जातजाति समुदायको सस्कार सस्कृतिको संरक्षण गर्न आफू लागिपर्ने वताउनुभयो उहाँले गुरुङ समुदायको माग लाई प्रदेश केन्द्र सरकार समक्ष आज नै पठाइको उहाँले जानकारी दिनुभयो

प्रतिकृया दिनुहोस
SITENAME

वुवाको सम्झनामा हमालले गरे सर्वोदय सेवाश्रमलाई आर्थिक सहयोग

गैंडाकोट नगरपालिका १३ बेलिया नवलपुर निवासी रामवहादुर हमालले राइनासमा रहेको सर्वोदय सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पूर्खौली घर

SITENAME

ल्होसारमा सार्वजनिक विदा दिने गण्डकी प्रदेश मुख्यमन्त्रीको घोषणा,आर्थिक समृद्धि शहरमा मात्र सिमित नभएको उहाँको दावी

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ । लमजुङको घलेगाउँ स्मार्ट भिलेज

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा