Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

ल्होसारमा सार्वजनिक विदा दिने गण्डकी प्रदेश मुख्यमन्त्रीको घोषणा,आर्थिक समृद्धि शहरमा मात्र सिमित नभएको उहाँको दावी

SITENAME

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको लमजुङको घलेगाउँ स्मार्ट भिलेज शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै मुख्य मन्त्री गुरुङले मंगलवार सो घोषणा गर्नुभएको हो

संघिय सरकारले कम्तीमा दिन विदा दिनको लागि प्रदेश सरकारलाई अनुमती दिएको उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डक प्रदेशमा प्रदेश सरकारले विदा दिने बताउनुभयो उहाँले प्रदेश मन्त्रिपरिषदबाट निर्णय गरी विदा सार्वजनिक गर्ने बताउनुभयो

फरक प्रसंगमा बोल्दै मुख्य मन्त्री गुरुङले आर्थिक समृद्धि शहरमा मात्र सिमित नभएको दावी गर्नुभएको पर्यटननै मुलुकको आर्थिक समृद्धिको खुट्कीलो भएको दावी गर्दै मुख्यमन्त्री गुरुङले शहरी क्षेत्रको पर्यटनले मात्रै समृद्धि सम्भव नभएको वताउनुभयो पर्यटन विकासको निम्ति शहरी क्षेत्र मात्र सिमित नहुने भएकोले प्रदेशका दुर्गम जिल्लाहरुमा पनि ग्रामिण पर्यटन विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम तय गरेको उहाँले बताउनुभयो

नेपालकै पहिलो स्मार्ट भिलेजको शुभारम्भ गर्दै मुख्यमन्त्री गुरुङले प्रकृति सँस्कृतिले धनी पर्यटकीय गाउँहरुलाई प्रविधिमैत्री बनाउन सके पर्यटन विकासले फड्को मार्ने बिश्वास व्यक्त गर्नुभयो उहाँले ग्रामिण पर्यटनको विकास गर्न सके गाउँमै रोजगारीको बातावरण श्रृजना गर्न सक्ने दावी गर्नुभयो

दक्षिण एसियाकै नमूना घलेगाउँलाई थप पर्यटन प्रवद्र्धनका लागि स्मार्ट भिलेजको रुपमा विकसित गरिएको हो घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा विकसित गर्न पूर्वाधार विकासको क्रम पनि शुरु गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको

घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष्या प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मायानाथ अधिकारी, आशा कोईराला, मोहन रेग्मी, सविधान सभा सदस्य जमिन्द्रमान घले, नेकपा जिल्ला संयोजक कृष्ण अधिकारी, नेपाली काँग्रेस प्रतिनिधी गमप्रसाद गुरुङ लगायतले शुभकामना मतव्य राख्दै स्माट भिलेजलाई सफल वनाउन आफ्नो क्षेत्रबाट पहल गर्ने वताउनुभयो

प्रतिकृया दिनुहोस
SITENAME

वुवाको सम्झनामा हमालले गरे सर्वोदय सेवाश्रमलाई आर्थिक सहयोग

गैंडाकोट नगरपालिका १३ बेलिया नवलपुर निवासी रामवहादुर हमालले राइनासमा रहेको सर्वोदय सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पूर्खौली घर

SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा