Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

लमजुङकी सन्ध्या मिस नेपालमा भिड्दै

SITENAME

लमजुङकी सन्ध्या अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न सफल भएकी छिन । चितवनमा भएको अडिसनबाट छानिएर अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न सफल भएकी हुन । 
आयोजक संस्था द हिडज ट्रेजरले फब्ररीे ४ तारिख देखि नेपालभरका प्रमुख ९ सहरहरुमा अडिसन गरिरहेको छ । काठमाडौं, वीरगंज, पोखरा, चितवन, धरान, बुटवल, धनगडी, नेपालगञ्ज र विर्तामोडबाट सहभागी छानिने छन् । 
आगामी अप्रिल ११ तारिखमा मिस नेपालको फिनाली हुने छ । फेब्ररी ४ बाट १७ तारिखसम्म भएको अडिसनबाट छानिएका सहभागीले ७ साता लामो प्रशिक्षणको मौका पाउनेछन् ।
अधिकारीलाई भोट दिन मोवाइल फोनको म्यासेज बक्समा एमएन टाइप गरि एक स्पेस राखेर ५ लेखेर ३३००१ नम्बरमा सेण्ड गर्नुपर्छ । यस्तै अफिसियल नेपाली ब्युटीको फेसबुक र इन्स्ट्राग्राम पेज लाइक गरेर कन्टेन नम्बर ५ मा सन्ध्या अधिकारीको फोटोमा लाईक र कमेन्टको रुपमा मत दिने अधिकार पनि सबैलाई प्रदान गरिएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकाअन्र्तगत साविकको चन्द्रेश्वर–३ गिरेचौर निवासी अधिकारी हाल चितवन बस्दै आएकी छन् । उनका पिता अनुप अधिकारी जनस्वास्थ्य कार्यालय चितवनका अधिकृत हुन् । सन्ध्याले पनि हालै कलेज अफ मेडिकल साइन्स चितवनबाट विडिए गरेकी हुन् ।  
लमजुङबासीबाट अपार भोट गरि आफुलाई सहयोग गर्न सन्ध्याले अनुरोध गरेकी छन् । मिस नेपाल प्रतियोगितामा लमजुङबाट छनौटमा पर्ने उनी सायदै पहिलो चेली हुन् ।

प्रतिकृया दिनुहोस
SITENAME

हिमालीले तिर हाने

मनाङ । हिमालपारीको जिल्लाको रुपमा परिचित मनाङमा तिर हान्ने प्रतियोगिता गरिएको छ । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न

SITENAME

फष्टलुकमा यस्तो देखियो ‘मनाङ्गे नानी’

काठमाडौं – मनाङमा बसोबास गर्ने एक युवतीको कथामा निर्माण भएको चलचित्र ‘मनाङ्गे नानी’ प्रदर्शनको लागि तयार भएको छ । निर्माण युनिटले बिहिबार