Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

‘कांग्रेस सच्चिनुको विकल्प छैन’

SITENAME

बेसीशहर–नेपाली कांग्रेसका नेताहरुले अब सच्चिएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति लमजुङको छैटौ अधिवेशनको उदघाटन अवसरमा बुधबार बेसीशहरमा आयोजीत कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले संगठन सुधारको खांचो रहेको औल्याएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति भेष बहादुर पौडेलले व्यक्तिको पक्षको भन्दा पार्टी र संगठनको पक्षमा राजनिति गर्नुपर्ने बताउनुभयो । एक अर्कामा दोषारोपण गर्ने र संगठनमा सिन्को नभाच्ने नेता तथा कार्यकर्ताले गर्दा पार्टी ढुलमुल अवस्थामा पुगेको भन्दै अब सच्चिनुको विकल्प नरहेको उहाँको भनाई थियो ।
कांग्रेस पूर्व केन्द्रिय सदस्य दिल बहादुर घर्तीले संगठनमा निमित्त योगदान पुर्याउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । चुनावमा हार जित प्राविधिक पक्ष भएको भन्दै उहाँले संगठनलाई मजबुत बनाएमात्र पार्टी दिगो रुपमा बलियो हुने जिकिर गर्नुभयो ।
पूर्व जलस्रोत राज्यमन्त्री राम बहादुर गुरुङले संगठनका लागी योगदान गर्नेलाई पार्टीले उच्च कदर गर्ने भन्दै पार्टीभित्रै भागवण्डाको राजनिति अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापतितय तुलशीनारायण श्रेष्ठ, शंकरकान्त जोशी, कृष्ण कोईराला लगाएतले बोल्दै अब विगतका कमी कमजोरी अगाल्दै संगठन सुधारमा लाग्नुको विकल्प नरहेको बताउनुभएको थियो । 
ट्रेड युनियन कांग्रेसका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख सहभागीता थियो । यसैविच नेपाली कांग्रेसको जिल्ला स्तिरिय प्रशिक्षक विभागको आयोजनामा कांग्रेसको स्थानीय तहको कानुनी व्यवस्था र स्थानीय तहमा जनप्रतिनिधीले खेल्नुपर्ने भुमिकाबारे प्रशिक्षण कार्यक्रम गरिएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णीम वाग्ले र गोविन्द पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

समृद्धि र विकासका लागी गुणस्तर शिक्षा : मन्त्री बस्नेत

बेसीशहर । प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले विकास र समृद्धिका लागि गुणस्तर तथा व्यवसायीक शिक्षाको आवश्यता रहेको

SITENAME

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित

SITENAME

प्रदेश ४ का मुख्यमन्त्रीले २५ गते विश्वासको मत लिने

२० फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने