Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

फष्टलुकमा यस्तो देखियो ‘मनाङ्गे नानी’

SITENAME

काठमाडौं – मनाङमा बसोबास गर्ने एक युवतीको कथामा निर्माण भएको चलचित्र ‘मनाङ्गे नानी’ प्रदर्शनको लागि तयार भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको फष्टलुक समेत सार्वजनिक गरेको छ ।
कार्यक्रम निर्देशक शोभित बस्नेतले ‘निकै मेहनत गरेर मनाङको तिलिचो तालको आसपासका रमणिय दृश्यहरु निर्माण युनिटले चलचित्रमा राखेको बताए । उनले चलचित्र राम्रो बनेको समेत दाबी गरे । 
चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले आफुले चलचित्र केही पहिले हेरेको बताउदै राम्रो बनेको सुनाए ।
खुस बहादुर गुरुङको कथा, पटकथा, गीत र संगीत रहेको चलचित्रको गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया फुयाल निर्माता रहेका छन् । प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ चलचित्रका कार्यकारी निर्माता हुन् । 
चलचित्रमा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ । ७० प्रतिशत भन्दा बढी छायाँकन मनाङका रमणिय स्थानहरुमा गरिएको यो चलचित्र  १४ बैशाबाट प्रदर्शनमा आउँनेछ । स्रोत : रातोपाटी 

प्रतिकृया दिनुहोस
SITENAME

हिमालीले तिर हाने

मनाङ । हिमालपारीको जिल्लाको रुपमा परिचित मनाङमा तिर हान्ने प्रतियोगिता गरिएको छ । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न

SITENAME

लमजुङकी सन्ध्या मिस नेपालमा भिड्दै

लमजुङकी सन्ध्या अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न सफल भएकी छिन । चितवनमा भएको अडिसनबाट छानिएर अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न