Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

क्रिकेट रंगशाला बनाउन किन हौसिए धुर्मुस ?

SITENAME

काठमाडौं – नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष पुग्यो । नेपाली क्रिकेटले लगातार सफलता हासिल गरेर सारा नेपालीलाई खुसी दियो, तर त्यसको बदलामा सरकारले एउटा पनि स्टेडियम बनाउन सकेन ।

अन्तर्रा्ष्ट्रिय खेल खेल्न त्रिवि क्रिकेट मैदानको अर्को विकल्प छैन । सन् १९९८ देखि त्रिवि क्रिकेट मैदानमा ‘टोलेकप’ देखि अन्तराष्ट्रिय प्रतियोगितासम्म भए । तर त्यसपछिको २० वर्षसम्म न एउटा मैदान बन्यो, न त स्टेडियम ।

अहिले त झन नेपालले ४ वर्षको लागि एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि क्रिकेट स्टेडियमको अभाव धेरै नै खड्किएको छ । मैदानको नाममा त्रिविको मैदान भएपनि स्टेडियम अर्थात रंगशाला भने छैन । मैदानररंगशाला नभएकैले एकदिवसीय मान्यता पाएपछि पनि नेपालले विदेशी टोलीलाई नेपालमा बोलाएर खेलाउन सक्दैन कि भन्ने चिन्ता पनि थपिएको छ ।

तर आम नेपालीको एउटा क्रिकेट स्टेडियमको सपना पूरा गर्न धुर्मुस सुन्तली फाउन्डेसनका प्रमुख सिताराम कट्टेलको नेतृत्वमा कलाकारको टोली कस्सिएको छ । 

सिताराम कट्टेल धर्मुस, कुमार कट्टेल जिग्री, मनोज गजुरेल, प्रमोद खरेल लगायतको टोलीले अहिले स्टेडियमको लागि जग्गा खोजिरहेको छ । धुर्मुससहितको टोलीले काठमाडौंको कीर्तिपुर, मूलपानी, रुपन्देहीको सैनामैना र चितवनको भरतपुरमा रहेको मैदान अवलोकन गरेको छ । 

नागरिकको ठूलो माग जे छ त्यसलाई पहिला प्राथमिकतामा राखेका हौं : धुर्मुस
भूकम्पले भत्किएको सिन्धुपाल्चोकको गिरानचउर नमूना वस्ती, महोत्तरीको वर्दिवासमा नमूना मुसहर वस्ती, रौतहटमा मुसहर वस्ती लगायका धेरै वस्ती उठाएका धुर्मुस नेपाल भित्रको नमूना नेपाल बनाउने अभियानमा थिए । उनले जग्गाको खोजी पनि गरिसकेका थिए । तर चैतको पहिलो हप्तामा नेपाली क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेपछि नेपालमा एउटा क्रिकेट स्टेडियमको धेरै नै माग भयो । 

सबैजसो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि क्रिकेट स्टेडियमको कुरा उठेपछि धुर्मुसले मैदान आफूले बनाउने घोषणा गरे । केही समयलाई नेपाल भित्रको नमूना नेपाल बनाउने अभियान छाडेर उनी क्रिकेट स्टेडियम बनाउनेतर्फ लागेका छन् । उनले अब क्रिकेट मैदान बनाएरै छाड्ने वाचा पनि गरेका छन् । 

नमूना नेपाल बनाउने अभियानमा लागेको मान्छे एकाएक क्रिकेट स्टेडियम बनाउने अभियान थाल्नुभयो त ? उज्यालो अनलाइनको प्रश्नमा धुर्मुसले भने, ‘हामीले धेरै नमूना वस्ती पनि बनायौं, बाढीपीडित र जाडो पीडितलाई सहयोग पनि ग¥यौं त्यसपछि नमूना नेपाल बनाउने अभियानमा थियौं, तर नेपाली क्रिकेटले यत्रो सफलता पाउँदा पनि एउटासम्म स्टेडियम पनि नभएको गुनासो  धेरै आयो, लाखौं युवाले कसैले स्टेडियम बनाइदिएपनि हुन्थ्यो भन्ने चाहना राखे त्यसैले हामी यता लाग्यौं ।’

देशमा सबैभन्दा धेरै माग र इच्छा जे छ त्यसैलाई पहिलो प्राथमिकता दिने निर्णय अनुसार नै क्रिकेट स्टेडियम बनाउनतर्फ लागेको धुर्मुसको भनाई छ । ‘क्रिकेटको यत्रो क्रेज देखेपछि  हामीले स्टेडियम बनाउनैपर्छ भन्ने लाग्यो, हामी जहाँ जहाँ पुग्यौं, त्यहाँको उत्साह र सहभागिता देखेपछि मैदान बन्ने पक्का पक्कै जस्तै लागेको छ’ उनले भने, ‘हामीलाई थाहा छ, यो वस्ती विकास भन्दा ठुलो प्रोजेक्ट हो तर हामी पुरा गरेरै छाड्नेछौं ।’

धुर्मुसले भने, ‘नेपाली समर्थकले भोलि विहान ५० हजार अट्ने मैदान खडा होस भन्नेसम्मको अपेक्षा राखेका छन् । आजको भोलि नै हुने काम त होइन, तर हामीले क्रिकेट स्टेडिएम बनाएरै छाड्ने हो ।’

सरकार लाचार बन्यो त्यसैले हामी अघि र्सयौं : प्रमोद खरेल
गायक प्रमोद खरेलले पनि धुर्मुस सुन्तली फाउन्डेसनको अभियानलाई सफल बनाउन दौडधुप सुरु गरेका छन् ।

‘आज मात्रै होइन म ८र१० बर्षदेखि नेपाली क्रिकेटलाई नजिकबाट हेरिरहेको छु, नेपालमा एउटा स्टेडियम चाहिन्छ भनेर पहिलेदेखि नै आवाज उठाएको हो, तर अहिले नेपालले एकदिवसीय मान्यता पाएपछि भने यो कुराले धेरै चर्चा पाएको हो’ गायक खरेलले भने, ‘मैले क्रिकेटको बारेमा धेरै गीत गाएको छ, नेपाली टोलीका धेरै सदस्यसँग नजिक छु, नेपालको खेल हेर्न विदेश पनि गएको छु, नेपाली खेलाडीसँग प्रतिभा छ, तर हामीकहाँ भौतिक संरचना नै छैनन  ।’

अहिले मैदान बनाउने कि स्टेडियम बनाउने भन्ने विषयको बहस हुनुपर्ने खरेलको भनाई छ । अहिले स्टेडियम बनाउन थाल्दा कम्तिमा ३र४ वर्ष लाग्ने हुँदा सरकारले कीर्तिपुरसहितका केही मैदानको मर्मत गरेर एकदिवसीय अवसरको सदुपयोग गरिहाल्नुपर्ने सँगसँगै स्टेडियम बनाउने विषय पनि अघि बढाउनुपर्ने उनको भनाई छ । 

सबै स्टेडियमको मात्रै पछि लाग्दा ४ वर्षको लागि पाएको एकदिवसीय मान्यताबाट उपलब्धी हासिल गर्न नसकिने भन्दै उनले मैदान र स्टेडियमको लागि समय छुट्याएर काम गर्नपर्ने बताए ।

‘धुर्मुस सुन्तली फाउन्डेसनले स्टेडियम बनाउनु एकदमै राम्रो कुरा हो, यसमा मेरो पनि साथ छ, उहाँसँग भेटघाट र कुराकानी भैरहेको छ, देशमा स्टेडियमको तीव्र चाहना हुँदा हाम्रो अभियानमा धेरैले साथ दिन्छु भनेका पनि छन’ उनले भने, ‘तर हाम्रो सरकार एउटा स्टेडियम पनि बनाउन नसक्ने छैन, सरकार यो विषयमा सिरियस भएर लाग्नुपर्छ, स्टेडियम सरकारले नै बनाउनुपर्छ ।’

कलाकारले सुरु गर्छन, नागरिकले बनाउँछन : मनोज गजुरेल
क्रिकेट स्टेडियम बनाउन धुर्मुस सुन्तली फाउन्डेसनसँगै दौडधूपमा अर्का हाँस्यकलाकार मनोज गजुरेल पनि लागेका छन् । गजुरेल पनि रुपन्देही, चितवन र हेटौंडामा मैदान अवलोकनका क्रममा स्थानीयबासिन्दा र खेलप्रेमीमा देखिएको उत्साहले क्रिकेट स्टेडियम बन्नेमा ढुक्क छन् । 

‘धेरै सामाजिक काममा सफल भैसकेका धुर्मुस सुन्तलीले स्टेडियममा हात हालेका छन्, हामीले मैदानहरु अवलोकनका क्रममा त्यहाँका स्थानीयबासिन्दा र खेलप्रेमीले देखाएको साथले हामी उत्साहित भएका छौं’ मनोज गजुरेलले भने, ‘व्यापारी, स्थानीय संघ संस्था, राजनीतिक दल, स्थानीय तह सबैले सहयोग गर्छौं भनेका छन्, मैले त कलाकारले सुरु गरेको यो अभियान नागरिकले सफल बनाउने देखेको छु ।’

नेपाली क्रिकेटले हात पारेको सफलतामा लाखौं समर्थकको खुसीमा थप खुसी छर्न आफूहरु स्टेडियमको अभियानमा लागेको उनको भनाई छ । आजसम्म एउटा पनि स्टेडियम बन्न नसक्नु देशमा लामो समयसम्म स्थिर सरकार नहुँदाको परिणाम  भएको भन्दै उनले अब ५ वर्षको लागि बनेको सरकारले केही आसाका त्यान्द्रा पलाउने ठाउँ देखिएको बताए । 

‘सरकारले गर्न नसकेको काम कलाकारले आँटे, सरकार कमजोर भएको कि कलाकार बलिया भएका ?’ उज्यालो अनलाइनको प्रश्नमा उनले भने, ‘सरकार कमजोर र कलाकार बलियो भन्ने कुरै आउँदैन,हामीले त लाखौं समर्थकको एउटा मागलाई मात्रै पूरा गर्न थालेका हौं, हामीलाई सरकारले पनि सहयोग गर्नेछ ।’ स्रोत : उज्यालो 

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो जिल्ला स्तरिय युगल व्याटमिन्टन प्रतियोगीताको उपाधी बेसीशहरका लामा र प्रधानको टिमलाई

बेसीशहरमा भएको तेस्रो जिल्ला स्तरिय युगल व्याटमिन्टन प्रतियोगीताको उपाधी बेसीशहर नगरपालिका २ का अजय लामा र कृष्ण कुमार प्रधानको टिमले जित्न सफल

SITENAME

दलित फुटवल प्रतियोगिताको उपाधि मितेरी घ्रामाङलाई 

घलेगाँउ–घलेगाँउमा आयोजित खुल्ला दलित फुटबल प्रतियोगिताको प्रथम उपाधी मितेरी युवा क्लव घाम्राङले हात पारेको छ ।  ‘दलीतहरु एक हौं, खेलको