Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

प्रदेश ४ का मुख्यमन्त्रीले २५ गते विश्वासको मत लिने

SITENAME

२० फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २५ गते विश्वासको मत लिने भएका छन् ।


मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची तय गरिदिन प्रदेश सभा सचिवालयमा प्रस्ताव गरेका छन् । सोमबार बस्ने प्रदेशसभा बैठकबाट २५ गते विश्वासको मत लिने कार्यसूची पास गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची तयार पार्न प्रस्ताव गर्नुभएको छ’ प्रदेश सभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने, ‘२५ गते १ बजेका लागि विश्वासको मत लिने कार्यसूची तयार पार्दैछौं ।’

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रुपमा निर्वा्चित भएका पृथ्वीसुब्बाले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए ।

२५ गतेको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्नेछन् । प्रस्ताव राखेपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिनेछन् । गुरुङले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ ।

६० जना प्रदेश सभा सदस्य रहेको प्रदेश ४ मा मतदानबाट गुरुङले बहुमत अर्थात् ३१ मत प्राप्त गर्नुपर्छ । प्रदेश ४ मा एमालेको २७ र माओवादीको १२ सदस्य छन् । वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सजिलै बहुमत प्राप्त गर्ने छन् ।

प्रदेश ४ मा एमाले, माओवादी बाहेक कांग्रेसको ११, जनमोर्चाको ३, नयाँ शक्तिका २ सदस्य छन् भने १ जना स्वतन्त्र सांसद छन् ।

एमालेको समर्थनमा मनाङबाट स्वतन्त्र सांसद बनेका दीपक मनाङे कर्तव्य ज्यान मुद्धामा दोषी ठहरपछि प्रहरीको वान्टेड सूचीमा छन् । स्रोत : Onlinekhabar

प्रतिकृया दिनुहोस
SITENAME

‘कांग्रेस सच्चिनुको विकल्प छैन’

बेसीशहर–नेपाली कांग्रेसका नेताहरुले अब सच्चिएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति लमजुङको छैटौ

SITENAME

समृद्धि र विकासका लागी गुणस्तर शिक्षा : मन्त्री बस्नेत

बेसीशहर । प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले विकास र समृद्धिका लागि गुणस्तर तथा व्यवसायीक शिक्षाको आवश्यता रहेको

SITENAME

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित