Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

यातायात सहुलियत र निःशुल्क शिक्षा अनिर्वाय गर्न नेविसंघको माग

SITENAME

बेसीशहर–विद्यार्थीले परिचयपत्रको आधारमा स्थानीय यातायातमा पाउने सहुलियत नपाएको गुनासो बढेपछि कांग्रेस निकट नेपाल विद्यार्थी संघ लमजुङले ज्ञापनपत्र मार्फत लमजुङ प्रशासनको ध्यानाकर्षण गराएको छ । विद्यार्थीहरुको हकहितलाई मध्यनजर गर्दै स्थानीय रुटमा विद्यार्थी परिचयपत्रका आधारमा यातायातमा अनिर्वाय ४५ प्रतिशत सहुलियत प्रदान गनुपर्ने माग राख्दै नेविसंघले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो । 
नेविसंघ लमजुङले संविद्यानमा उल्लेखित आधारभूत शिक्षा निशुल्क र अनिर्वाय हुनुपर्ने माग समेत अघि बढाएको छ । माध्यमिक शिक्षा (९ देखी १२ कक्षा) सम्म निशुल्क प्राप्त गर्ने विद्यार्थीको हक र अधिकार जिल्लाभर तुरुन्त कार्यान्वयन हुनुपर्ने समेत नेविसंघ लमजुङले माग छ ।  
आफुहरुको माग सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललाई बुझाउँदै नेविसंघ लमजुङका सचिव श्रीकृष्ण पौडेलले तपसिलका हक र अधिकार यथासिघ्र ३० दिनभित्र कार्यान्वयनका लागी सम्बन्धित पक्षसँग बिशेष पहल गर्न माग गरेका थिए । निर्धारित समयभित्र माग पूरा नभए नेविसंघ लमजुङ चरणबद्ध थप आन्दोलनका कार्यक्रमका साथ अघि बढ्ने नेविसंघ लमजुङका अध्यक्ष शिव नरालले बताए । नेविसंघले आफनो माग सहितको ज्ञापनपत्र प्रशासन सँगै जिल्लाका ८ ओटै स्थानीय तहमा समेत पेश गरेको छ । 
नेविसंघले यसअघि पनि पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोध गर्दै ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको