Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

मस्याङ्दी गापाको चालु भन्दा पुँजीगत खर्च बढी 

SITENAME

भुलभुले–लमजुङको मस्र्याङ्दी गाउँपालिकाले सार्वजनीक सुनुवाई गर्दै आफनो पहिलो बर्षको प्रगति सार्वजनीक गरेको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ सापकोटाले आर्थिक बर्ष २०७४÷७५ को आय÷व्याय सहित खर्च विवरण सार्वजनीक गरेका थिए । गाउँपालिकाले आव २०७४÷७५ को आय तर्फ १८ करोड ३६ लाख २४ हजार, ५ सय ५२ रुपैँया बराबरको विवरण सार्वजनीक गरेको छ । जस्मा वित्तिय अनुदान तर्फ १७ करोड, ५७ लाख ३८ हजार रहेको छ, भने आन्तरिक आम्दानी २५ लाख रहेको अधिकृत सापकोटाले जानकारी दिए । 
गाउँपालिकाको सशर्त अनुदान ११ करोड, ८४ लाख ४ हजार रहेको छ । गाउँपालिकाले वडा कार्यालय तर्फका विकास आयोजनाहरुमा ८ करोड ४० लाख खर्च गरेको छ, भने गाउँपालिका तर्फका विकास आयोजनाहरुमा भने, ५ करोड १६ लाख, ९० हजार ५ सय ५२ रकम खर्च गरेको जनाएको छ । गाउँपालिकाको कन्टेन्जेन्सी खर्च भने, ३१ लाख ३४ हजार रहेको छ । 
गाउँपालिकाले पुँजीगत खर्च भन्दा ५१.२ प्रतिशतले चालु खर्च कम गरेको छ । १३ करोड ८८ लाख, २४ हजार ५ सय ५२ पुँजीगत खर्च हुँदा चालु तर्फ भने, ४ करोड ४८ लाख मात्र खर्च गरेको छ । 
सो अवसरमा गाउँपालिकाले शुरुवात गरेको ३७ ओटा उदाहरणीय कार्य समेत प्रस्तुत गरिएको थियो । स्थानीयले सो अवसरमा उठाएका जिज्ञासाको वडा अध्यक्षहरु, कार्यपालिका सदस्य सहित गाउँपालिका प्रमुख अर्जुन गुरुङ र उपाध्यक्ष होम बहादुर विकले जवाफ दिएका थिए । 
 

प्रतिकृया दिनुहोस
SITENAME

मानव सेवा आश्रम लमजुङलाई १२ लाख सहयोग

बेसीशहर- मानव सेवा आश्रम लमजुङ शाखामा एक वर्षको अवधिमा १२ लाख बढी रुपैया सहयोग संकलन भएको छ । विभिन्न व्यक्तिहरुले गरेको व्यक्तिगत सहयोगबाट १२ लाख ३

SITENAME

पुस्तकालय सीतादेवीको ‘माईतिघर’

निरज अधिकारी बेसीशहर । काला अक्षर भैसी बराबर मान्ने बेसीशहरकी ५५ वर्षीय सीता देवी पौडेल यतिवेला ईन्टरनेटको दुनियाँमा मस्त हुनुहुन्छ । अक्षर चिन्न

SITENAME

हिमालीले तिर हाने

मनाङ । हिमालपारीको जिल्लाको रुपमा परिचित मनाङमा तिर हान्ने प्रतियोगिता गरिएको छ । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न