Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

संघियता सफल पार्न केन्द्रिय सरकारले सफल निति नअपनाएको मुख्यमन्त्री गुरुङले आरोप, क्होलासोँथर गाउँपालिकाको २४ करोड ५१ लाख बजेट 

SITENAME

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघियता सफल पार्न केन्द्रिय सरकारले सफल नीति नअपनाएको आरोप लगाउनुभएको छ । लमजुङको क्होलासोँथर गाउँपालिकाको तेस्रो गाउँसभाको उदघाट्न गर्दै उहाँले संघियता सफल पार्ने खालको बजेट प्रदेश ४ ले नपाएको बताउनुभयो । 
‘संघियताको मर्म विपरित बजेट आयो, उहाँले भन्नुभयो, केन्द्रिय सरकार र प्रधानमन्त्रीको विरोध गर्न भन्दा पनि संघियता सफल पार्नलाई बजेट समानुपातिक हुनुपर्ने कुरामा आफुले जोड दिएको उहाँको भनाई थियो । मुख्यमन्त्री गुरुङले प्रदेश ४ लाई हरेक हिसाबले उत्कृष्ट बनाउन लागीपर्ने उल्लेख समेत गर्नुभयो । 
सभामा गाउँपालिकाका उपाध्यक्ष कुमारी मुनि गुरूङले आ.व. ०७५।०७६को निति, कार्यक्रम तथा वजेट पेश गर्नु भएको थियो । उहाँले आगमी आर्थिक वर्षका लागि २४ करोड ५१ लाख ५ हजार ५ सय ५४ को बजेट प्रस्तुत गर्नुभयो ।  
गाउँपालिकाले ३ दिन सम्म नीति तथा कार्यक्रम माथि छलफल गरेर वुधवार बजेट प्रस्तुत गरेको हो । छलफलबाट साना तथा टुक्रे योजनाहरूलाइ निरूत्साहित गर्दै ठूला योजनाहरूलाइ प्राथमिकता दिने नीति बनाएको गाउँपालिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । उहाँका अनुसार मध्यम तथा ठूला योजनाहरूमा प्रदेश सरकारसँग सहकार्य गरी समपूरक कोष को सहयोगमा योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसका निम्ति गत आ.व. मा विनियोजन गरीएको समपूरक कोषको रकमको तुलनामा यसवर्ष बृद्धि गर्ने नीति लिइएको गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकाले भौतिक पूर्वाधार अन्तर्गत सडक तर्फ नया ट्रयाक खोल्ने भन्दा भइरहेको सडकहरूको स्तरोन्नती गर्ने, सवै मौसममा सुचारू हुने गरी कुलेसो निर्माण तथा ग्राभेल गर्ने कार्यलाइ प्राथमिकता दिने भएको छ । यस्तै  वैदेशिक रोजगारीलाइ न्यूनिकरण गर्न उत्पादनमुलक तथा छिटो प्रतिफल दिने योजनाहरू कार्यान्वयन गर्ने नीति लिँदै कृषि, पशुपालन तथा पर्यटन प्रर्वध्दनका योजनाहरूमा वजेट विनियोजन गर्ने निती लिइएको छ ।
आन्तरीक आम्दानीलाइ वृध्दि गर्न राजश्व को दरभन्दा दायरालाइ वढाउँदै संघिय सरकार तथा प्रदेश सरकारवाट प्राप्त वजेटको प्रभावकारी कार्यान्वयन गर्ने र आर्थिक वर्षको शूरूदेखि नै योजना कार्यन्वयन प्रक्रिया अगाडि वढाउन योजना कार्यान्वयन तालिका वनाइ उपभोक्ताको अधिकतम सहभागितामा समयमा नै योजना कार्यान्वयन तथा अनुगमन मूल्यांकन वस्तुनिष्ठ वनाउने नीति अवलम्वन गरिने गाउँपालिकाले जनाएको छ । 
गाउँसभाको अवसरमा क्व्होलासोथार गाउँपालिकाबाट २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विध्यार्थिहरूलाइ प्रशंसा पत्र तथा नगद पुरस्कार प्रदान गरीएको थियो । यस्तै आर्थिक वर्ष ०७४।०७५ मा उत्कृष्ट कार्यसम्पादन एवं लागत सहभागिता जुटाउने सवै आमा समुह भवन निर्माण समिति क्वहोलासोथार १ लाई पुरस्कृत गरीएको छ । यस्तै उत्कृष्ट कर्मचारीको रूपमा स्वास्थ्य सह संयोजक दिपेन्द्र कुमार राईलाई पनि पुरस्कृति गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य गम प्रसाद गुरुङ र तत्कालिन मालिङ गाविस अध्यक्ष खजिन्द्र गुरुङ लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सभाको सहजीकरण पालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको