Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

बेसीशहर ७ मस्र्याङदी किनारमा करिव १८ लाखको लागतमा मरनघाट निर्माण

SITENAME

बेसीशहर नगरपालिका वडा नं. स्थित मस्र्याङदी नदी किनारमा करिव १८ लाख रुपैयाँको लागतमा मरनघाट निमार्ण गरिएको

स्थानिय गुरुङ, तामाङ, ह्योल्मो  समुदायले सयुक्त रुपमा सहयोग संकलन गरि एक मलामी घर वटा चिता सहितको मरन घाट निर्माण गरेका हुन् उक्त घाटको शनिवार एक कार्यक्रमका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्यालले उद्घाटन गर्नुभयो कार्यक्रमका प्रमुख अतिथि अर्यालले फरक सँस्कृति फरक समुदायको एकताले एक उदाहरणिय कार्य भएको वताउनुभयो सानो लगानीमा पनि ठूलो कार्य भएको वताउदै नगरप्रमुख अर्यालले संस्कार सस्कृति, जातिय एवं भाषिक आधारमा भेदभाव नगरि एकतावद्ध भएमा सामाजिक विकास गर्न सकिने यसले आर्थिक समृद्धिमा टेवा पुग्ने वताउनुभयो उहाँले आगामी दिनमा सामाजिक हित तथा आर्थिक पारदर्शिता भएमा सहयोग गर्न नगरपालिका तत्पर रहेको वताउनुभयो

मरनघाट ट्रस्ट निमार्ण उपभोक्ता समितिका अध्यक्ष कृष्णवहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी, बेसीशहर नगरपालिकाका वडा नं का वडा अध्यक्ष गोविन्द बस्नेत, तामाङ घेदुङ प्रदेश का संयोजक हरिजगं तामाङ, आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष खेमजगं गुरुङ, तमु ह्युला छोजंधी लमजुङका अध्यक्ष  ठाकुरप्रसाद गुरुङ लगायतले गुरुङ, तामाङ ह्योल्मो समुदायका मानिसहरुको एकताले नै एक उदाहरणीय ऐतिहासिका कार्य भएको भन्दै यसलाई अझ व्यवस्थित वनाउन आफूहरु एकजुट भएर लाग्ने धारणा व्यक्त गरेका थिए

उक्त मरनघाट निमार्णका लागि वडा नं. ले लाख वजेट विनियोजन गरेको थियो भने व्यक्तिगत रुपमा सवैभन्दा धेरै बेसीशहर , निवासी गोपिनी घलेले आफ्नो श्रीमान स्वर्गीय रणजंग घलेको सम्झनामा लाख हजार सय ११ रुपैया सहयोग प्रदान गर्नुभएको त्यस्तै हाल अमेरिका वस्दै आउनुभएका बेसीशहर का जितवहादुर तामाङले ५१ हजार सय ५५ रुपैया सहयोग गर्नुभएको उद्घाटनको अवसरमा सहयोगी व्यक्ति, टोल तथा समाज, गुरुङ, तामाङ ह्योल्मा जातिका आमाबाबा समूह, संघसस्था लगायत सम्पूर्ण सहयोगदाता एवं चन्दादाताहरुलाई सम्मान गरिएको थियो

कार्यक्रममा निमार्ण समितिका कोषाध्यक्ष लालजित गुरुङले १७ लाख ९८ हजार सय २७ रुपैया वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव यमवहादुर गुरुङले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो

प्रतिकृया दिनुहोस
SITENAME

मानव सेवा आश्रम लमजुङलाई १२ लाख सहयोग

बेसीशहर- मानव सेवा आश्रम लमजुङ शाखामा एक वर्षको अवधिमा १२ लाख बढी रुपैया सहयोग संकलन भएको छ । विभिन्न व्यक्तिहरुले गरेको व्यक्तिगत सहयोगबाट १२ लाख ३

SITENAME

पुस्तकालय सीतादेवीको ‘माईतिघर’

निरज अधिकारी बेसीशहर । काला अक्षर भैसी बराबर मान्ने बेसीशहरकी ५५ वर्षीय सीता देवी पौडेल यतिवेला ईन्टरनेटको दुनियाँमा मस्त हुनुहुन्छ । अक्षर चिन्न

SITENAME

हिमालीले तिर हाने

मनाङ । हिमालपारीको जिल्लाको रुपमा परिचित मनाङमा तिर हान्ने प्रतियोगिता गरिएको छ । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न