Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

क्व्होलासोँथर गाउँपालिकाको सार्वजनीक सुनुवाईमा गुनासोको चाँङ, जनताको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्ने उदघोष

SITENAME

लमजुङको क्व्होलासोँथरबासीले गाउँमा सडक पुगेपनि स्तरोन्नती नभएकै कारण वर्खामा निकै समस्या झेल्नुपरेको दुखेसो पोखे पुग्न एउटै गाउँमा ओटासम्म सडक सञ्जाल पुगेको , वडा नंं. भोजेका अध्यक्ष राजु गुरुङले भन्नुभयो, ‘सडकको स्तरिय उन्नती नहुँदा समस्या उत्तिकै , गाउँपालिका केन्द्र पुग्न हिड्नुबाहेकको विकल्प छैन्

क्होलासोँथर गाउँपालिकाले गरेको आर्थिक बर्ष २०७४/०७५ को कार्यप्रगतिबारे सार्वजनीक सुनुवाईमा सहभागी अधिकांशको गुनासो यस्तै थियो भोजेकै स्थानिय मखन बहादु गुरुङले प्रयाप्त रुपमा प्राविधिक नहुँदा निकै समस्या झेलेको गुनासो गर्नुभयो कृषि पेशामै रमेका गुरुङले कृषिमा व्यवसायीकता भित्राएपनि बजार नपाउँदा समस्या चुलिएको बताउनुभयो तालिम अभाव बजार अभावका कारण स्तरिय लाभ लिन नसकेको उहाँको गुनासो थियो

वडा नं. का खिम गुरुङले उपभोक्ता समितिको जिम्मामा योजना छोड्दा दिगो विकास हुन नसकेको भन्दै प्राविधिकको चेकजाँच अनिवार्य गर्नुपर्ने उल्लेख गर्नुभयो गाउँमा भेटेनरीको समस्या, एक वडा एक प्राविधिक कुरामा मात्र सिमित भएको स्थानीयको गुनासो थियो वडा नं. साल्मेभञ्ज्याङमा आयोजीत कार्यक्रममा सहभागीहरुले वडामा उचित बजेट नआएकाले पनि टुक्रे योजनामा बजेट सिमित रहेको उल्लेख गरेका थिए

सहभागीहरुको जवाफ दिँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङले चालू आवको जम्मा आय २३ करोड ९७ लाख ८७ हजार सय ६९ मा २२ करोड २१ लाख २२ हजार सय २५ खर्च गरेको बताउनुभयो उहाँका अनुसार औषत खर्च ९२ दशमलव ६३ प्रतिशत गाउापालिकाले स्थानीयको हरेक समस्यालाई मध्यनजर गर्दै निति तथा कार्यक्रम निर्माण गर्ने आगामी बर्षमा त्यसको कार्यान्वयनमा उच्च प्राथमिकताका साथ लागीपर्ने उल्लेख गर्नुभयो

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कुमारी मुनी गुरुङले जनताका आवश्यकतालाई ख्याल राख्दै निति नियम निर्माणमा अघि बढ्ने उल्लेख गर्नुभयो जनताले आफनो समस्या खुलेर राख्न सके समस्या पहिल्याई समाधानमा गाउँपालिका अग्रसर हुने उहाँको भनाई थियो गुरुङकै अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रेडियो मस्र्याङ्दीका समाचार प्रमुख निरज अधिकरीले गर्नुभएको थियो

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको