Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

दोर्दी गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम घोषणा, ३७ करोड बढिको बजेट पेश, बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

SITENAME

दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०७५̷ ७६ को नीति, बजेट तथा कार्यक्रम घोषणा गरेको शनिबार आयोजित गाउँ सभामा गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेको हो

गाउँपालिकाले आर्थिक वर्ष २०७५ ̷ ७६ का लागि ३७ करोड ५६ लाख ४६ हजार ८४ रुपैयाँ बराबरको बजेट पेश गरेको गाउँपालिकाका उपाध्यक्ष डिलबहादुर घलेले संघीय सरकारबाट गाउँपालिका वित्तिय समानीकरण अनुदानतर्फ करोड २२ लाख, सशर्त अनुदान १५ करोड ११ लाख, राजश्व बाँडफाँडतर्फ करोड २६ लाख ४२ हजार, प्रदेशबाट गाउँपालिका वित्तिय समानीकरण अनुदानतर्फ करोड १२ लाख ३२ हजार, राजश्व बाँडफाँडतर्फ २८ लाख ८७ हजार ८४, आन्तरिक आयतर्फ कर सेवा शुल्क दस्तुर रजिष्ट्रेशन शुल्क बाँडफाँड राजश्व बाँडफाँड सहित ३५ लाख सामाजिक सुरक्षा भत्तातर्फ करोड ७० लाख ८५ हजार, स्थानीय शासन  तथा सामुदायिक विकास कार्यक्रम तथा अन्य विविधि तर्फ २५ लाख गतवर्षको करोड २५ लाख गरी कुल ३७ करोड ५६ लाख ४६ हजार ८४ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो

यसैगरी, चालु खर्चतर्फ संघीय सरकारबाट राजश्व वाँडफाँडबाट करोड १० लाख आन्तरिक आयबाट १४ लाख, सामाजिक सुरक्षा भत्ता करोड ७० लाख ८५ हजार, सशर्त अनुदान तर्फ १५ करोड ११ लाख, स्थानीय शासन तथा सामुदायिक विकास अन्य विविध कार्यक्रम तर्फ २५ लाख गरी कुल २४ करोड ३० लाख ८० हजार अनुमान  गरिएको

यस्तै, पूँजीगत खर्चतर्फ संघीय वित्तिय समानीकरण अनुदानबाट करोड २२ लाख संघबाट प्राप्त राजश्व वाँडफाँडतर्फ करोड १६ लाख ४२ हजार, प्रदेश सकारबाट प्राप्त वित्तिय समानीकरणतर्फ करोड १२ लाख ३२ हजार प्रदेशबाट प्राप्त राजश्व वाँडफाँडतर्फ २८ लाख ८७ हजार ८४, आन्तरिक आयबाट २१ लाख गतवर्षको अल्या रकम करोड २५ लाख गरी जम्मा १३ करोड २५ लाख ६१ हजार ८४ रुपैयाँ रहेको

गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम घोषणा समारोहको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको हो सभालाई सम्वोधन गर्दै मुख्यमन्त्रि गुरुङले प्रस्तुत गरिएको बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो पर्यटन कृषि विकासको माध्यमबाट दोर्दी गाउँपालिकाको मुहार फेर्न बताउदै उहाँले  गण्डकी प्रदेशको समृद्धि पनि कृषि, पर्यटन, उर्जा, जलश्रोत विकासको माध्यमबाट हुन सक्ने  धारणा व्यक्त गनगर्नुभयो अवको वर्षमा प्रदेश सरकारले पानी, विजुली नपगुेका ठाउँमा पानी विजुली पुर्याउने लक्ष्यका साथ अघि बढेको पनि जानकारी गराउनुभयो

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य धनन्जय दवाडी, मधु अधिकारी, मायानाथ अधिकारी, लगायतले बजेटको प्रभावकारी कार्यान्वयका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायत स्थानीयको उलेख्य सहभागिता रहेको थियो

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको