Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

लमजुङमा राहदानीबाट पौने २ करोड राजस्व संकलन

SITENAME

बसन्ता भट्ट वानियाँ
लमजुङमा आर्थिक वर्षको ०७४÷०७५ मा राहदानीबाट पौने २ करोड भन्दा बढी राजस्व संकलन भएको छ । 
जिल्ला प्रशासन कार्यालयका अनुसार ०७४ साउन देखि ०७५ असार मसान्तसम्मको अवधिमा १ करोड ७९ लाख ९० हजार रुपैया संकलन भएको हो । 
सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारका अनुसार एक वर्षको अवधिमा ३ हजार ४ सय २४ जनाले साधारण राहदानी लिएबापत उक्त राजस्व संकलन भएको हो । राहदानी लिनेमा २ हजार ४ सय ४५ पुरुष र ९ सय ७९ जना महिला रहेका छन् । सो अवधिमा जिल्लाबाट १ हजार ७ सय ६९ जनाले द्रतसेवामा राहदानी लिएको प्रशासनले जनाएको छ । 
अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा १ करोड ८१ लाख ७० हजार रुपैया संकलन भएको थियो । उक्त आर्थिक वर्षमा ३ हजार ४ सय २९ जनाले साधारण राहदानी र १ हजार ५ सय ९ जनाले दु्रतसेवामा राहदानी लिएका थिए । 
जिल्लामा अघिल्लो वर्षको तुलनामा गत अर्थिक वर्षमा साधारण भन्दा द्रुतसेवामा राहदानी अर्थात् पार्सपोर्ट लिनेको संख्या वढि देखिएको छ । 
त्यस्तै गरि लमजुङमा एक वर्षको अवधिमा १० हजार ७२ जनाले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष ०७४,०७५ को असार मसान्तसम्म ६ हजार ४ सय ८९ जनाले नयाँ नागरिकता र ३ हजार ५ सय ८३ जनाले प्रतिलिपि लिएका छन् । 
कार्यालयबाट ५ हजार ३ सय ६८ जनाले वंशजको आधारमा र ३ जनाले बैवाहिक अंगकृत मार्फत नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले जानकारी दिनुभयो । त्यस्तै प्रशासनले सञ्चालन गरेको घुम्ति शिविरमार्फत १ हजार १ सय १८ जनाले नयाँ नागरिकता लिएका छन् ।   
अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा भने जिल्ला प्रशासन कार्यालयबाट ८ हजार ८ सय ६८ जनाले नागरिकता लिएका थिए । जसमध्ये ५ हजार ५ सय २ जनाले नयाँ नागरिकता र ३ हजार ३ सय ६४ जनाले नागरिकताको प्रतिलिपि लिएका हुन् । जिल्लाबाट नागरिकता लिएकामध्ये हालसम्म ५३ जनाले नागरिकता परित्याग गरेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । 


 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा ५ करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको छ । कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक

SITENAME

लमजुङ जिल्ला सामुदायिक अस्पतालद्धारा १ करोड भन्दा वढिको निशुल्क सेवा प्रदान,

बसन्ता भट्ट/बानियाँ सदमुकाम बेसीशहरमा रहेको एचडिसिएस लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक वर्षको अवधिमा १ करोड भन्दा वढीको निशुल्क सेवा प्रदान

SITENAME

कृषि विकास बैक बेसीशहर शाखाको खुद मुनाफा ३ करोड ४९ लाख

बसन्ता भट्ट/बानियाँ पूर्ण बैकिङ कारोबार गर्दै आएको कृषि विकास बैक बेसीशहर शाखाले गएको आर्थिक बर्षमा ३ करोड ४९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन