Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

लमजुङमा विस्थापित शीर्षकमा राहत लिने एउटै घरका १० जना सम्म, द्वन्द्व पीडितलाई भने ६२ लाख २९ हजार राहत,  

सशस्त्र द्वन्द्वका क्रममा विस्थापित, मृतक लगायत द्वन्द्व पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले ६२ लाख २९ हजार ४ सय रुपैयाँ राहत वितरण गरेको छ ।
प्रशासनले तत्कालीन द्वन्द्वको क्रममा विस्थापित भएका, मृत्युवरण गरेका तथा टुहुरा र अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई उक्त राहत रकम वितरण गरेको हो । प्रशासनले ३२ घरपरिवारका घरपरिवारका ६१ जनालाई राहात वितरण गरेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किरण लामिछानेले वताउनुभयो । 
उहाँका अनुसार गत असार ३२ गतेसम्म निवेदन आएकालाई राहत वितरण गरिएको हो । प्रशासनले ४१ जना विस्थापित, १६ जना मृतक, ३ जना टुहुरा बालवालिका र १ जना अपाङ्गता भएकालाई राहत वितरण गरेको छ । विगतमा राहत रकम नपाएका र अपुग रकम लिएकालाई थप रकम वितरण गरिएको सचिव लामिछानेले वताउनुभयो । 
कार्यालयले आर्थिक वर्ष ०७४÷०७५ मा द्वन्द्वपीडितका लागि आएको ४२ लाख ३२ हजार रकम भने वितरण नगरि फिर्ता गरेको छ । अधिकांश विस्थापित सम्पर्कमा नआएपछि रकम फिर्ता गएको लामिछानेको भनाई छ । 
मृतक र बेपत्ताको हकमा १०,१० लाख, विस्थापितलाई २५ हजार, टुहुरालाई मासिक ६ हजार र ५१ देखि ७५ प्रतिशत अपाङ्गता भएको व्यक्तिलाई मासिक ६ हजार २ सयका दररले राहत प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लमजुङमा विस्थापित शीर्षकमा राहत लिने एउटै घरका १० जना सम्म रहेका छन् । राहतका लागि सबै पीडितको आवेदन आउन नसक्दा पिडितले राहत पाउन नसकेको सचिव लामिछानेले वताउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा ५ करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको छ । कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक

SITENAME

लमजुङ जिल्ला सामुदायिक अस्पतालद्धारा १ करोड भन्दा वढिको निशुल्क सेवा प्रदान,

बसन्ता भट्ट/बानियाँ सदमुकाम बेसीशहरमा रहेको एचडिसिएस लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक वर्षको अवधिमा १ करोड भन्दा वढीको निशुल्क सेवा प्रदान

SITENAME

कृषि विकास बैक बेसीशहर शाखाको खुद मुनाफा ३ करोड ४९ लाख

बसन्ता भट्ट/बानियाँ पूर्ण बैकिङ कारोबार गर्दै आएको कृषि विकास बैक बेसीशहर शाखाले गएको आर्थिक बर्षमा ३ करोड ४९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन