Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

‘कर्णाली ब्लुज – २’ बन्यो गोविन्द केसीको कथा

SITENAME

सुदीप उप्रेती- बुद्धिसागरको ‘कर्णाली ब्लुज’ उपन्यास नेपाली पाठकमाझ निकै लोकप्रिय छ । तर, कर्णाली भेगलगायत समग्र मुलुकसँगै जोडिएको ‘ब्लुज’ अथवा नैराश्यको दोस्रो संस्करण भने यसपटक बुद्धिसागरको उपन्यासमार्फत हैन डा गोबिन्द केसीले नेपाली जनतासामु पस्केका छन् ।
पटकपटक स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आएका डा. केसीले सरकारले पहिले सहमति गरेका मागसमेत उल्टिएपछि असार १६ देखि थालेको १५औं अनशन अझै जारी छ । करिब एक महिना पुग्न लागेको यो अनशन उनको अहिलेसम्मकै लामो भइसकेको छ ।

 

कर्णाली क्षेत्रको जुम्लाबाट सुरु भएको यसपटकको अनशन राजनीतिक ध्रुवीकरणको अवस्थासम्म पुगेको देखिन्छ । डा. केसीले चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दैआएका छन् । यसको बारेमा विस्तृत अध्ययन गरी सरकारलाई समाधानका उपाय सिफारिस गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा कार्यदल गठन भएको थियो । (कार्यदलको सिफरिसअनुसार अगिल्लो सरकारले जारी गरेको र यस सरकारले पनि पुनः जारी गरेको चिकित्सा शिक्षा ऐनमा भएका प्रावधानविपरीत नयाँ प्रतिस्थापन विधेयक तयार गरिएपछि डा. केसीले पछिल्लो अनशन कर्णालीको जुम्लामा सुरु गरेका हुन् ।)

 

सत्तारुढ दलले यसलाई ‘नन इस्यु’ अर्थात् उठाउनु नपर्ने विषयको संज्ञा दिइरहेको छ भने डा. केसीका समर्थक र विपक्षी दलले सरकारको हेपाइ र माथेमा कार्यदलको प्रतिवेदनको मर्मविपरीत बलजफ्ती नयाँ विधेयक पारित गर्न खोजेको आरोप लगाउँदैआएका छन् ।
आरोप प्रत्यारोपको यो दोहोरी सामाजिक सञ्जालमा पनि व्याप्त छ । राजनीतिक ध्रुवीकरणको असर फेसबुक, ट्विटरमा पनि प्रष्टै देखिन थालेको छ । फेसबुक, ट्विटरजस्ता माध्यमलाई बेलाबेलामा ‘हेट स्पिच’ अर्थात् घृणाका वक्तव्य फैलाएर समाजलाई विभाजन गर्ने गरेको आरोप लाग्दै आएको छ । यस्तो अवस्था हामीले अहिलेको अनशन प्रकरणमा पक्कै देख्न सकिन्छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई सरकारको ‘डिफेन्ड’ गर्न आग्रह गरेसँगै सामाजिक सञ्जालमा सरकार समर्थक र विपक्षीबीच दोहोरी चलेको छ । जुम्लाको अस्पतालमा स्वयम् अस्पतालका कर्मचारीले नै भिडन्त निम्त्याएको अभिव्यक्ति, काठमाडौंमा भएको विरोध कार्यक्रममा मुठभेड र बन्दुक तेस्र्याइएका भिडियो सेयर गरिएका छन् । कतिपय त बदनाम गर्ने उद्देश्यले गलत फोटो भिडियो पनि सेयर गरिएका छन् ।

 

उदाहरणका लागि काठमाडौंमा भएको प्रहरी र आन्दोलनकारीको झडपका क्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ढुंगा बोकेर बसेको फोटो भन्दै शनिबारको काठमाडौंको घटनाको नभई गत वर्ष दक्षिण अफ्रिकाको जोहनेसवर्गमा स्थानीय समुदायले गरेको प्रदर्शनको फोटो सेयर गरिएको पाइयो । केही अनलाइन मिडियामा डा. केसीले अनशन बस्दा राति मह खाएर अनशनको ‘नाटक’ गरेकोसमेत भ्रामक समाचार प्रचार गरिएको थियो ।

 

यस्ता समाचारले सर्वसाधारणलाई भ्रममा पार्ने काम गर्नुका साथै विषयमा केन्द्रित नभई पक्षविपक्षको असामान्य परिस्थिति विकास गर्दै सिँगो समाजलाई असहिष्णुतातर्फ धकेल्छ । अहिलेका घटनाक्रम हेर्दा निम्न प्रवृत्ति देखापरेका छन् स्

 

–  सत्तापक्ष आलोचनाप्रति अनुदार – ‘पानीजहाज’ शब्दको प्रयोग गरेर सरकारको आलोचना गरेमा साइबर अपराधअन्तर्गत पर्ने सत्तारुढा दलका नेता महेश बस्नेतको भनाइ
–   सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा आफ्नो लोकप्रियता देखाउन र आफ्ना पार्टीका समर्थक तथा कार्यकर्तालाई खुसी पार्न अर्को पार्टीका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने र खिल्ली उडाउने नेताहरूको प्रवृत्तिको प्रदर्शन
–    दलका कार्यकर्ताले आआफ्ना पार्टीका नेता र एजेन्डा नै सर्वश्रेष्ठ दाबी गर्ने सनकमा देखाउँदै गएका गालीगलोज र असहिष्णु व्यवहार
–    खासै अध्ययन नै नगरी हचुवाका भरमा कुनै विषयमा जिम्मेवार जनप्रतिनिधि बोलिहाल्ने प्रवृत्ति
–    फितलो अनुगमनको फाइदा लिँदै चर्चित घटनाक्रमलाई लिएर त्यसका पक्षविपक्षमा सनसनीपूर्ण भ्रामक र झुटो समाचार पस्केर चर्चा र नाफा कमाउन लालयित केही अनलाइन मिडिया

 

यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सुझाव स्
–    सत्तापक्षले आफ्ना क्रियाकलापका बारेमा आलोचना गर्ने जनता वा दललाई होच्याएर वा तुच्छ शब्दहरुको प्रयोग गरेर हैन तर्कपूर्ण ढंगले जनतालाई सुसूचित गर्ने । 
–    सार्वजनिक सभा, मञ्चमा के बोल्ने र त्यस विषयमा आफ्नो कत्तिको पकड र तयारी छ भन्नेमा जिम्मेवार जनप्रतिनिधिले हेक्का राख्ने ।
–    भ्रामक समाचार फैलाउने अनलाइन मिडिया र समूहहरूको अनुगमन र कारबाही गर्ने ।
–    ‘फेक न्युज’ के हो, कस्तो हुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा सर्वसाधारणमा जानकारी बढाउने । 
‘मार्सी चामल’ र ‘समृद्धि’ अहिले सरकारको आलोचनाका विम्ब बनेका छन् । आशा गरौँ, साँच्चै नै मार्सी चामलको विक्री देशभरमा ‘भाइरल’ भएर कर्णाली भेगका किसानले समृद्धिको लाभ पाउनेछन् ।  
@UpretySudeep

प्रतिकृया दिनुहोस
SITENAME

विज्ञानले कसरी काम गर्छ ?

अनुज घिमिरे- विज्ञान मानव विकासको अभिन्न भाग हो । ढुंगे युगदेखि एक्काइसौं शताब्दीसम्म आइपुग्दा विज्ञानले गरेको मानवको कल्याण र खती निकै बढेको छ ।

SITENAME

गुरूआमा गुरूबा

गुरुआमा   म मेरी गुरुआमालाई सँधै सम्झन्छु । आज ‘सेयर’ गर्छु । विसं २०३५ साल, शान्ति विद्या गृह, लैनचौर । मेरो सात कक्षाको फाइनल परीक्षा । सामाजिक

SITENAME

राजनीतिमा महिला : सहभागिता बढ्यो तर नेतृत्वमा न्यून

अन्तर्राष्ट्रिय महिला दिवस –रामकला खड्का नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने