Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

विज्ञानले कसरी काम गर्छ ?

SITENAME

अनुज घिमिरे- विज्ञान मानव विकासको अभिन्न भाग हो । ढुंगे युगदेखि एक्काइसौं शताब्दीसम्म आइपुग्दा विज्ञानले गरेको मानवको कल्याण र खती निकै बढेको छ । जीवनको सबै पक्ष विज्ञानकै छायामा बित्ने जमानामा पनि विज्ञानमा विश्वास नगर्नेको कमी छैन । विज्ञान मंगल ग्रहमा पठाइने रकेट, धेरैले नबुझ्ने गुरुत्वाकर्षणको हिसाब र धेरैले नपत्याउने पृथ्वी तथा सारा जनावरको क्रमिक विकासको सूत्रमात्र हैन । घरमा आफ्नो कोठामा सोफामा बसेर ल्यापटपमा पढ्दै गरेको यो ब्लगमा पनि विज्ञान छ । नेपालमा बसेर एउटा प्लास्टिक र फलामले बनेको सानो उपकरणमा “ह्यालो“ भन्दा अमेरिकामा उही बेला सुनिनु पनि विज्ञानै हो । ल्यापटपको किबोर्डमा थिच्दा आफूले खोजेकै स्क्रिनमा आउनु पनि विज्ञान हो ।

विज्ञान भनेको के हो?
 

विज्ञान एउटा प्रक्रिया हो । विज्ञान प्राकृतिक संसार बारे जान्न निरन्तर लागेको वैज्ञानिकका लागि एउटा माध्यम हो । विज्ञान प्राकृतिक संसारको सबै रहस्य बुझ्न चाहने मानव प्रयास हो ।  धेरै पुस्तकमा ‘थेल्स अफ मिलेटस’लाई पहिलो वैज्ञानिक भनिएको पाइन्छ । विज्ञान कहाँबाट सुरु भयो र कस्ले सुरु गरेको थियो भन्ने विषयमा विवाद हुनु आश्चर्य हुँदैन । किनभने माथि भनेजस्तै विज्ञान एउटा प्रक्रिया हो । ढंगे युगमा (करिब ७लाख ५० हजार वर्षअगाडि) प्रागैतिहासिक मानवले पांग्राजस्तै गुड्ने गोलो आकारको आविष्कार गनु विज्ञान हो र ३ हजार ५०० इसापूर्वमा मेसोपोटामियामा सामान ओसारपोसार गर्न पांग्र्राको आविष्कार हुनु पनि विज्ञानै थियो । अधिकारिकरुपमा विज्ञानको सुरु गर्नेहरूमा प्राचीन ग्रिकहरुको नाम आउँछ । तर धेरै पक्षमा विज्ञानको आरम्भ धेरै अगाडि भइसकेको मान्न सकिन्छ । 

विज्ञानले कसरी काम गर्छ?

 

एरिस्टोटल, अर्किमिडिसदेखि न्युटनसम्म विज्ञानको प्रक्रिया सधैँ एउटै रहेको छ । विज्ञानमा विश्वास नगर्नेहरु प्रायः भन्ने गर्छन् – कुनै जमाना वैज्ञानिकले पृथ्वी ब्रह्मांडको बीचमा छ र सूर्य पृथ्वीको वारीपरी घुम्छ भन्थे । ती वैज्ञानिक गलत ठहरिए । अहिले वैज्ञानिकले भनेका कुरा पनि गलत होइन भनेर भन्न किन सकिँदैन? तर वैज्ञानिक प्रक्रिया स्थिर हैन गतिशील हुन्छ । वैज्ञानिक सिद्धान्तअनुसार कुनै पनि प्रक्रिया वा वैज्ञानिक विधिमा हुनुपर्ने सबैभन्दा महत्वपूर्ण गुण त्यो कुरा गलत तुलाउन सक्नुपर्छ भन्ने हो । कुनै पनि विषय गलत तुलाउन सकिने नै छैन भने त्यो विज्ञानको दायरामा पर्दैन । विज्ञानको सबैभन्दा पहिलो प्रक्रिया प्रश्न हो । त्यही प्रश्नमा आधारित भएर वैज्ञानिकहरुले एउटा ‘परिकल्पना’ बनाउँछन् । परिकल्पना (हाइपोथेसिस) परीक्षण गर्न सकिने पूर्वधारणा हो । यसको प्रमुख विशेषता यसलाई गलत तुलाउन सकिने हुनुपर्छ ।

 

गलत तुलाउन नसकिने छ भने त्यो वैज्ञानिक हाइपोथेसिसमै पर्दैन । हाइपोथेसिस बनेपछि विभिन्न विधिको प्रयोगले त्यसलाई ठीक वा बेठीक तुलाइन्छ । प्रयोग गरेको विधिले ठीक देखाए आफ्नो अवधारण सही रहेको र बेठकि भएमा गलत मानिन्छ । अवधारणा सही भएको पुष्टि हुन उही विधिमा प्रयोग गर्दा परिणाम दोहोरिनुपर्छ । संसारको जहाँबाट पनि उही विधिमा परीक्षण गर्दा परिणाम दोहोरिए बल्ल त्यो तथ्य हुनपुग्छ । 

 

यसरी वैज्ञानिक सिध्दान्तको विकास हुन्छ ।

 

विज्ञान बारे हुने गलत धारणामा सबैभन्दा धेरै विवादा सिध्दान्त र तथ्यबीच हुन्छ । धेरैले सिध्दान्त भन्दा ठीक सिद्ध भइनसकेको र गलत ठहरिन सक्ने विषय हो भन्ने बुझ्छन् । तर, त्यो सही हैन । कुनै पनि वैज्ञानिक सिध्दान्त वा तथ्य मानिनका लागि त्यसलाई अस्वीकार गर्न नसकिने प्रमाण हुनुपर्छ । 

 

अनुमान र सिद्धान्तमा फरक हुन्छ । हाइपोथेसिस एउटा अनुमान हो भने सिद्धान्त तथ्य हो । हाइपोथेसिस प्रमाणित भएपछि तथ्य हुन्छ । र, त्यस सिद्धान्तको आधारमा संसारको कुनै प्रक्रियालाई वा आफ्नो प्रश्नले उत्तर दिएको कुरालाई तथ्य बनाइन्छ । धेरै जनाले तथ्य र सिद्धान्तलाई भिन्न मानेको देखिन्छ । त्यही आधारमा सिद्धान्तलाई तथ्यको रुपमा नलिएको पाइन्छ । तर, कुनै वैज्ञानिक अवधारणा सिद्धान्त प्रमाणित भएपछि तथ्य हुन्छ । सिद्धान्त भनेको एउटा भनाइ हो र त्यो सही या गलत हुन सक्छ भन्ने अनुमान नै आफँैमा गलत हो । सिद्धान्त बन्नलाई नै पहिले त्यो गलत र सहीको बाटोबाट आइसकेको हुनुपर्छ ।

 

जर्म थ्योरी अफ डिजिज, थ्योरी अफ रिलेटिभिटी, बिगब्यांग थ्योरी, थ्योरी अफ इभोलुसन सबै पूर्णरुपमा प्रमाणित भएरमात्र सिद्धान्त बनेका हुन् । अहिलेसम्म ती सिद्धान्तलाई अरु सिद्धान्त गलत सिद्ध नगरेकाले तिनलाई स्वीकार गरिएको छ । कुनै दिन तिनलाई गलत सिद्ध भए फेरिन सक्छ । 

 

क्रमिक विकासको सिद्धान्तलाई किन सिद्धान्त मानिएको हो भन्ने विषयमा एउटा उदाहरण – प्राणीहरुको विकासको प्रमाण खोज्दा अरु कुनै सिद्धान्तले यसलाई गलत साबित गर्नसकेको छैन । कतिपयले यसलाई नबुझीकनै वा वैज्ञानिक तर्क नदिईकनै गलत पनि भन्छन तर वैज्ञानिकहरुले सयौं वर्ष खोजी गरेर यो सिद्धान्त पत्ता लगाएका हुन् । क्रमिक विकासको सिद्धान्तलाई गलत सिद्ध गर्न सिलुरियन कालमा मानव जातीको जीवाश्म खोजेर देखाइदिए हुन्छ । त्यसो हुन सके कुनै वैज्ञानिकले विरोध गर्नेछैन र पत्ता लगाउनेले नोबेल प्राइज त पाउँछ नै चार्ल्स डार्विनजस्तै विश्वप्रख्यात हुनेछ । 

 

त्येसै गरी ‘बिग ब्यांग’को सिद्धान्त पनि सयौं वर्ष लगाएर वैज्ञानिकहरुले थाहा पाएको प्रमाणमा आधारित सिद्धान्त हो । हजारौं अनुसन्धानको फल हो त्यो  सिद्धान्त । 

 

विज्ञानम सिद्धान्त स्थापित गर्ने एउटा पद्धति हुन्छ । आफूले पत्ता लगाएकै भरमा तथ्य भन्न मिल्दैन । पहिलो त्यो दोहो¥याउन सकिने हुनुपर्छ । आविष्कार एउटा अनुसन्धान पत्रको रुपमा लेखिन्छ र त्यसलाई धेरै वैज्ञानिकले समीक्षा गर्छन् । अनुसन्धानमा प्रयोग भएको प्रणाली ठीक देखिएमा र परिमाण दोहोरिन सक्ने देखिएमामात्र त्यो स्वीकार गरिन्छ । 

 

विज्ञानको सिद्धान्त स्थापित गर्ने क्रममा सबैभन्दा गाह्रो पक्ष प्रकाशन मानिन्छ । किनभने त्यसमा आएका परिणाम सार्वभौमिक हुनुपर्छ र जतिपटक दोहो¥याए पनि सोही उत्तर आउनु पर्छ । कुनै प्रतिष्ठित जर्नलमा प्रकाशन गर्न सकिएमा विज्ञानमा ठूलै उथल्पुथल ल्याउन सक्छ । न्युटन, आइन्स्टाइन, डार्विनलाई साँच्चै गलत साबित गर्न सके त विश्वविख्यात हुन्छ । 

 

(अमेरिकामा प्राणी विज्ञान विद्यावारिधि शोधार्थी)  

प्रतिकृया दिनुहोस
SITENAME

गुरूआमा गुरूबा

गुरुआमा   म मेरी गुरुआमालाई सँधै सम्झन्छु । आज ‘सेयर’ गर्छु । विसं २०३५ साल, शान्ति विद्या गृह, लैनचौर । मेरो सात कक्षाको फाइनल परीक्षा । सामाजिक

SITENAME

‘कर्णाली ब्लुज – २’ बन्यो गोविन्द केसीको कथा

सुदीप उप्रेती- बुद्धिसागरको ‘कर्णाली ब्लुज’ उपन्यास नेपाली पाठकमाझ निकै लोकप्रिय छ । तर, कर्णाली भेगलगायत समग्र मुलुकसँगै जोडिएको ‘ब्लुज’

SITENAME

राजनीतिमा महिला : सहभागिता बढ्यो तर नेतृत्वमा न्यून

अन्तर्राष्ट्रिय महिला दिवस –रामकला खड्का नेपालमा पटकपटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने