Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

चीनलाई हराउन ट्रम्प प्रशासनले थप शुल्क वृद्धि गर्ने

SITENAME

बीबीसी । यसअघि २ खर्ब डलर बराबरको चिनियाँ सामानमा ट्रम्पले १० प्रतिशतले शुल्क वृद्धि गर्ने बताएका थिए । तर चीनले अझै पनि अमेरिकासँग सम्झौता गर्न नमानेपछि ट्रम्प प्रशासनले यस व्यापार युद्धमा चीनलाई हराउनकै लागि थप शुल्क वृद्धि गरि २५ प्रतिशत बनाउने घोषणा गरेको बताइएको छ ।  

 

ट्रम्पले लामो समयदेखि नै चीनलाई आफ्नो व्यापार नीतिमा परिवर्तन ल्याउन दबाब दिइरहेका छन् । तर चीनले भने अमेरिकाको मागलाई अनावश्यक बताउँदै अमेरिकाको एकएक प्रहारको कडा जवाफ दिँदै आएको छ । यस्तोमा विश्वका दुई प्रमुख अर्थतन्त्रहरु बीच जारी व्यापार युद्धले गम्भीर रुप लिन थालेपछि अन्तर्राष्ट्रिय समुदाय भने अहिले झन् ठूलो चिन्तामा परेको बताइएको छ । यसरी दुवै देश आफ्नो अडानबाट पछि हट्न नमानेपछि ट्रम्पले आफ्नो जित पक्का गर्न बुधबार चिनियाँ सामग्रीमा थप कर लागू गर्ने घोषणा गरेका हुन् । चीनले भने अमेरिकाको यस्तो कदमलाई धम्कीपूर्ण नीति ठहर गर्दै आइरहेको छ । 

 

बुधबार यसै विषयमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ स्वाङले ‘चीनले आफ्नो राष्ट्रिय हित र कानूनी अधिकारको सुरक्षा गर्न अमेरिका विरुद्ध जस्तोसुकै कदम उठाउन पनि पछि नह्ट्ने’ भन्दै चेतावनी दिइसकेका छन् । उता ह्वाइटहाउसले चाहिँ चीनको अन्यायपूर्ण नीतिको प्रतिक्रियामा सो कारबाही अघि बढाएको बताउने गरेको छ । तर ट्रम्प प्रशासन भित्रै विभिन्न अधिकारीहरुले उनको सो कदम अनुचित रहेको ठहर गर्ने गरेका छन् । ट्रम्पको यस्तो कदमले सबैभन्दा पहिले अमेरिकी परिवार र व्यवसायीलाई नै समस्यामा पार्ने उनीहरुको भनाइ छ । 

प्रतिकृया दिनुहोस
SITENAME

जनसम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा मल्ल निर्वाचित

दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छन् । सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का