Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

कृषि विकास बैक बेसीशहर शाखाको खुद मुनाफा ३ करोड ४९ लाख

SITENAME

बसन्ता भट्ट/बानियाँ

पूर्ण बैकिङ कारोबार गर्दै आएको कृषि विकास बैक बेसीशहर शाखाले गएको आर्थिक बर्षमा ३ करोड ४९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष ०७४÷७५ मा ६ करोड ७७ लाख ८ हजार मुनाफा गरेको बैकंले खुद मुनाफा भने ३ करोड ४९ लाख २२ हजार रुपैया भएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७३÷०७४ मा २ करोड ५२ लाख ८२ हजार खुद मुनाफा भएकोमा पछिल्लो वर्ष ९६ लाख ४० हजार बढी मुनाफा आर्जन गर्न सफल भएको कृषि विकास बैंक बेसीशहर शाखाका शाखा प्रवन्धक नवराज सत्यालले जानकारी दिनुभयो । 

जिल्लाको साविका २४ गाविसमा कार्यक्षेत्र बनाएको शाखाले गत वर्ष ९ करोड ९३ लाख ८० हजार  लगानी गर्ने लक्ष्य राखेकोमा लगानीमा वृद्धि भई १४ करोड ८४ लाख ५२ हजार रुपैया भएको प्रवन्धक सत्यालले वताउनुभयो । अधिकांश कृषि, पशुपालन, घरेलु उद्यम, व्यापारव्यवसाय, होमस्टे लगायतको क्षेत्रमा लगानी गर्दै आएको यस वैंकले आगामि दिनमा यिनै क्षेत्रलाई प्राथामिकता दिदै केन्द्रिय नीतिनियम अनुसार लगानी सँगै ऋण असुलीमा जोड दिइने शाखा प्रवन्धक सत्यालले बताउनुभयो । 

शाखामा हाल ४ हजार ६ सय भन्दा वढी सेवाग्राही रहेका छन् । शाखाले विगतको तुलनामा ऋण असुलीमा समेत सत प्रतिशत भन्दा बढी सफलता हासिल गरेको जनाएको छ ।

आर्थिक बर्ष ०७४÷०७५ मा मात्र सावाँतर्फ १४ करोड ६७ लाख ५९ हजार र व्याज ४ करोड ९१ लाख ६८ हजार रुपैयाँ ऋण असुली गरेको शाखा अधिकृत हरिप्रसाद पौडेलले वताउनुभयो  । उहाँका अनुसार भाका नाघेको मात्र ८७ लाख सावाँ र ३८ लाख व्याज गरी १ करोड २५ लाख रुपैया ऋण असुली भएको छ । हाल ५३ करोड ५६ लाख ९ हजार रुपैया त ऋण असुली गर्न बाँकी नै रहेको शाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

८ महिनामा रुदी बी को विद्युत प्रसारण प्रणालीमा थपिँदै

बेसीशहर । लमजुङमा निर्माणधीन रुदी बी जलविद्युत आयोजनाको ६.६ मेगावाट विद्युत अबको ८ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । आयोजनाबाट २०७६

SITENAME

‘हालत खराब’ डुम्रे–बेसीशहर सडक

निरज अधिकारी बेसीशहर, मंसिर २० गते । लमजुङलाई पृथ्वी राजमार्ग सम्म जोड्ने सहायक राजमार्गको रुपमा रहेको डुम्रे–बेसीशहर सडक अहिले निकै जोखिम मार्ग

SITENAME

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा ५ करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको छ । कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक