Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

हिमालीले तिर हाने

SITENAME

मनाङ । हिमालपारीको जिल्लाको रुपमा परिचित मनाङमा तिर हान्ने प्रतियोगिता गरिएको छ । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न मनाङबासीले तिर हान्ने प्रतियोगिता आयोजना गरेका हुन् । ङिस्याङ गाउँपालिका–१, पिसाङको पिसाङ युवाक्लवद्धारा सोमबार र मंगलबार दुई दिन प्रतियोगीता सञ्चालन गरिएको हो । आफनो संस्कृति जोगाउन हरेक बर्ष  यो प्रतियोगीता गर्दै आएको क्लवका अध्यक्ष राजु गुरुङले बताउनुभयो ।
दुईदिन सम्म भएको प्रतियोगितामा आयोजक पिसाङ युवा क्लवको समूहलेनै उपाधी जितेको छ । प्रतिसमूह तिनजना प्रतियोगि रहको सो प्रतियोगितामा विजेताले एकसय २ अँक ल्याएको थियो । उपाधी सँगै विजेता समूहले नगद २० हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा माथिल्लो मनाङको समूह दोश्रो र माथिल्ला मनाङकै अर्को समूह तेश्रो भएको छ । उप विजेता समूहले नगद १५ हजार सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने तेश्रो भएको समूहले नगद पाँच हजार सहित मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा आयोजक पिसाङ युवाक्लवका धावा टसी लामा (गुरुङ) उत्कृष्ट खेलाडी बन्नुभयो भने सोहि क्लवका लाक्पा गुरुङ सर्वाधिक गोलकर्ता हुनुभएको थियो । दुवै विजेताहरुले जनहि पाँच हजार ट्रफी हात पार्नुभएको छ ।
प्रतियोगिताका विजेताहरुलाई एक समारोहका विच गाउँपालिका अध्यक्ष कान्छा घले, वडा अध्यक्ष भुजु गुरुङ र वरिष्ठ समाजसेवी याङडुङ गुरुङले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
मनाङमा मनाईने चाड पर्वहरु मध्ये तिर पर्व एक मुख्य पर्व हो । विशेषगरी तिर पर्व चैतमा मनाउने चलन छ । वर्षमा एकपटक पर्वको रुपमा मनाउने गरेपनि सस्कृतिलाई लोप हुन नदिन र युवाहरुलाई आकर्षित गर्न अन्य समयमा पनि प्रतियोगिताको रुपमा आयोजना गरेको आयोजकले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङ सेवा समिति हङकङद्धारा विभिन्न शीर्षकमा डेढ लाख सहयोग प्रदान 

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले विभिन्न शिर्षकमा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग वितरण गरेको छ ।  समितिले स्वास्थ्य र शिक्षा

SITENAME

बेसीशहर नगरपालिकाद्धारा मोवाइल एप सञ्चालन, सम्पूर्ण विवरण अब मोवाईलमै 

बेसीशहर नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । अब नगरबासीहरुले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एप मार्फत जानकारी लिन सक्ने भएका छन्

SITENAME

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् । बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी