Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

पुस्तकालय सीतादेवीको ‘माईतिघर’

SITENAME

निरज अधिकारी
बेसीशहर । काला अक्षर भैसी बराबर मान्ने बेसीशहरकी ५५ वर्षीय सीता देवी पौडेल यतिवेला ईन्टरनेटको दुनियाँमा मस्त हुनुहुन्छ । अक्षर चिन्न नसक्ने उहाँलाई आजभोली ईन्टरनेटमा गफ गर्ने, फेसबुक चलाउने, यूट्युव खोल्ने देखी नयाँ–नयाँ सामाग्री खोलेर हेर्ने कुरा सामान्य जस्तै भैसकेका छन् । पौडेललाई यस स्थानमा पु¥र्याउने माध्यम बन्यो लमजुङ सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालय ।
पुस्तकालयमा छिर्दा अगाडी रहेको पुस्तक फयाकिँदिने पौडेल यतिवेला कविता लेख्ने, पत्रपत्रिका पढ्ने र अरुलाई सुनाउन सक्ने भईसक्नुभएको छ । यतिवेला पढ्न र सिक्न उमेरले छेक्दैन भन्ने कुराको उदारण बन्नुभएको छ् सितादेवी पौडेल । उहाँको लगनशिलता, बोलीचालीले जुनसूकै महिलालाई पनि निकै प्रभावित पार्ने गरेको छ ।
उहाँ भन्नुहुन्छ ‘पुस्तकालयलाई मैले आफनो माईतीघर ठानेको छु, जस्ले मलाई यस स्थानसम्म ल्याउन ठूलो सहयोग पु¥र्याएको छ । ‘केहि नजान्ने बालबालिका जस्तो मलाई यो पुस्तकालयले सिकाउँदै सिकाउँदै ठूलो मान्छे बनाएको जस्तो लाग्छ ।’ उहाँले थप्नुभयो ।
सीतादेवी मात्र नभई अधिकांश महिलाहरुको जीवनमा आमुल परिवर्तन ल्याउने माध्यम बनेको छ, लक्ष्मीनारायण पुस्तकालय । यस पुस्तकालयबाट समय समयमा प्रदान गरिने सिपमुलक तालिमहरुबाट अधिकांश महिला आफनो खुट्टामा उभ्भिन सक्ने भएका छन् । धैरै पढ्न नसकेका महिलाहरुलाई यस पुस्तकालयबाट विभिन्न समयमा दिईएको व्युटिसियन, हाते गढाई, किस्टल गहना, चप्पल निर्माण जस्ता व्यवसायीक तालिमले जीवनमा परिवर्तन ल्याईदिएको छ । यस पुस्तकालयबाट व्युटिसियन तालिम लिएकी बेसीशहर नगरपालिका १, उदिपुरकी सीता श्रेष्ठ यतिवेला व्युटिसियन प्रशिक्षक भएर अन्य महिलाहरुलाई तालिम दिँदै आउनुभएको छ । त्यस्तै हाते गढाई तालिम लिनुभएका बेसीशहर नगरपालिकाकै सुनिता घिमिरे, साधना पन्त समेत प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएको छ । अन्य कतिपयले तालिमपश्चात व्यवसायीक रुपमा कामहरु गर्दै आएको पाईन्छ ।
    यस पुस्तकालयले दैनिकी गुजारा टार्न उत्सुक महिलाहरुका लागी महिला सशक्तिकरणका लागी आयआर्जन कार्यक्रम समेत प्रदान गर्दै आएको छ । महिलाहरुलाई कुखुरा, बाख्रा पालन, तरकारी खेती जस्ता व्यवसायीक कृषि सम्बन्धी तालिम समेत प्रदान गरेको छ । यस्ता आर्यआर्जन सम्बन्धी तालिममा करिब दुई सय बढी महिलाहरु सहभागी भईसकेको पुस्तकालयले जनाएको छ । विगतमा जिल्ला सदरमुकाम बेसीशहरमा एउटा कार्यक्रम, भेला समेत गर्ने ठाउँ नभएको अवस्थामा यस २०५४ सालमा यस पुस्तकालयको परिकल्पना गरिएको हो । खोज अनुसन्धानमा लक्ष्मीनारायण सामुदायिक पुस्तकालय २०२८ सालमा स्थापना भई बन्द भएको थाहा पाएपछि उक्त जग्गामा यसको पुनःनिर्माण गरी २०५४ सालबाट पुस्तकालयको स्थापना गरिएको पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुँयलले बताउनुभयो ।
उहाँका अनुसार त्यसवेलाको लमजुङ यूवा साहित्य समाज सहित विभिन्न व्यक्तित्वको पहलमा पुस्तकालय पुन स्थापना गरी सञ्चालनमा आएको हो । २०६४ सालमा आएर पूर्ण भवन स्थापना गरीएको यस लक्ष्मीनारायण सामुदायिक पुस्तकालय यतिवेला विश्वकै १० ओटा पुस्तकालय अन्तर्गत सुचिकृत हुन पुगेको छ ।
पुस्तकालय सञ्चालनमा उपयुक्त आयस्रोतको कमी भएकाले भवनको सटरहरु भाडामा दिई त्यसबाट आएको रकमले आवश्यक सामाग्री तथा कर्मचारी पाल्दै आईएको पुस्तकालय व्यवस्थापन समितिका महासचिव  दीपक अधिकारीले बताउनुभयो ।
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा यतिवेला विभिन्न पुस्तक गरी ८ हजार पुस्तक रहेको छ । पुस्तकालयमा बाल उत्थान, मनजोरञ्जन, पत्रपत्रिका, लेख, रचना, जीवनी, श्रव्यदृश्य, कला सहित्य, ईन्टरनेट लगाएतको सुविधा रहेको छ । जस्ले आम पाठकलाई पुस्तकालयमा पुगी आफना ईच्छा, रुची अनुसार अध्ययन तथा मनोरञ्जन गर्न सहयोग पु¥र्याएको छ ।
यस पुस्तकालयबाट लक्ष्मीनारायण नामक सहकारी समेत सञ्चालनमा ल्याईएको छ । पुस्तकालयले सूचना तथा सञ्चार क्षेत्रमा समेत आम सर्वसाधारण नागरिकलाई ठूलो योगदान पुर्याएको छ । यस पुस्तकालय पुस्तकको भण्डार समेत नभई विभिन्न संघ संस्थाको कार्यक्रम, गोष्ठी, भेला, वैठकका लागी समेत उपयुक्त हुने गरेको छ ।
लमजुङ जिल्लामा कार्यरत ८० भन्दा बढी संघ संस्था, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रहरी कार्यालय, सम्पूर्ण वडा, नगरपालिकाबाट यस पुस्तकालयको विकासमा सहयोग पुगेको पुस्तकालयका अध्यक्ष सुँयलले बताउनुभयो ।
प    छिल्लो समय आर्थिक अभावमा नयाँ पुस्तक खरिदमा समस्या बढेतापनि पुस्तकालयलाई आम पाठकको प्रिय बनाउन क्रियाशिल रहेको बताईएको छ ।

 

 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङ सेवा समिति हङकङद्धारा विभिन्न शीर्षकमा डेढ लाख सहयोग प्रदान 

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले विभिन्न शिर्षकमा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग वितरण गरेको छ ।  समितिले स्वास्थ्य र शिक्षा

SITENAME

बेसीशहर नगरपालिकाद्धारा मोवाइल एप सञ्चालन, सम्पूर्ण विवरण अब मोवाईलमै 

बेसीशहर नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । अब नगरबासीहरुले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एप मार्फत जानकारी लिन सक्ने भएका छन्

SITENAME

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् । बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी