बाग्लुङपानी स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर सम्पन्न

मर्स्याङदी समाचार
लमजुङको क्व्होलासोथार गाउँपालिका १ स्थित बाग्लुङपानी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । वडा नं. १ महिला सञ्जालद्वारा आयोजित शिविर तालबराही डेन्टल होमको प्राविधिक सहयोगमा सञ्चालन भएको हो । शिविरमा ६५ जनाले दाँत तथा मुखको स्वास्थ्य सम्बन्धी परीक्षण तथा उपचार सेवा लिएको आयोजकले जनाएको छ ।
शिविरमार्फत स्थानीय नागरिकले सहज रुपमा दन्त उपचार सेवा प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेका थिए । ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले नागरिकलाई प्रत्यक्ष राहत पुगेको स्थानीयको भनाइ रहेको छ ।
शिविरको औपचारिक कार्यक्रम वडा नं. १ महिला सञ्जालकी अध्यक्ष विष्णुदेवी गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता शिविरले स्थानीय नागरिकलाई समयमै उपचार सेवा लिन सहयोग पुग्ने उल्लेख गर्दै स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिमा समेत टेवा पुग्ने धारणा राख्नुभयो ।
त्यसैगरी वडा नं. १ का वडा अध्यक्ष पेमा गुरुङले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्यकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकले शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा तालबराही डेन्टल होमप्रति आभार व्यक्त गरेको छ ।

जनकल्याण साकोसद्धारा स्थापना दिवसको अवसरमा आर्थिक तथा खाद्यान्न सहयोग
मस्र्याङदी समाचार, बैशाख २० सदरमुकाम वेसीशरहमा रहेर वित्तिय कारोवार सञ्चालन गर्दै आएको जनकल्याण वचत तथा ऋण सहकारी संस्थाले समाजिक सस्थालाई आर्थिक

जलविद्युत, पर्यटन र कृषिमा प्राथमिकता : अर्याल
म राजनैतिक आस्थाका आधारमा मात्र नगरपालिका चलाउने पक्षमा छैन । नगरप्रमुखको पद सार्वजनिक हो, सार्वजनिक पदमा वस्ने मानिस साझा हुनुपर्दछ । –लमजुङको








प्रतिकृया दिनुहोस