बेसीशहरमा सातौँ नगरकप शुरु

बसन्ता भट्ट, ८ मंसिर ।
लमजुङको बेसीशहर नगरपालिकामा सातौँ नगर कप वडास्तरिय फुटवल प्रतियोगिता शुरु भएको छ । बेसीशहर नगरपालिकाको प्रायोजनमा नगर खेलकुद विकास समिति बेसीशहरले आयोजना गरेको नगरकपको बेसीशहर नरपालिकाका प्रमुख गुमानसिहं अर्यालले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको सफलता तथा खेलाडीहरुलाई शुभकामना दिदै नगरप्रमुख अर्यालले यस प्रतियोगिताले ११ वटै वडाका खेलाडी विच सुसम्बन्ध कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
खेलले जिल्ला र राष्ट्रको पहिचान राख्न मात्र नभई मुलुकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने काम गराएको भन्दै नगरप्रमुख अर्यालले आवश्यक खेल संरचना निमार्णमा सवैले साथ सहयोग गर्नुपर्ने वताउनुभयो । नगरप्रमुख अर्यालले खेल क्षेत्रको विकासका लागि प्राथामिकता दिदै नगरपालिकाले नितिगत र व्यवहारिक रुपमै कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले खेलाडीहरुलाई अनुशासीत र संयमित हुँदै खेल प्रर्दशन गर्दै आग्रह गर्दै स्वास्थ्य र शारिरिक विकास सँगै खेलले राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याउने धारणा राख्नुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख पद्यमा गुरुङ, सशस्त्र प्रहरी नायव उपरिक्षक विकास अधिकारी, प्रहरी निरक्षक नेत्रवहादुर थापा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो ।
लमजुङ स्पोर्टस्का सञ्चालक सुनिल खनालले सञ्चालन गर्नुभएको कार्यक्रम नगर खेलकुद विकास समितिका उपाध्यक्ष सुमिन घलेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन पहिलो नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी विच मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेलमा शुन्यका विरुद्ध ३ गोलले गर्दै कर्मचारी टिमले जित हासिल गरेको छ । विजेता टिमले खसी उपहार पाएको छ ।

प्रथम टुर दी लमजुङ २०२६ मा ५ सय साइकलयात्री सहभागी
मर्स्याङदी समाचार, ३ असोज । लमजुङ सदरमुकाम बेसीशहरबाट सरु भएको ‘प्रथम टुर दी लमजुङ २०२६’ मा ५ सय साइकलयात्री सहभागी रहेका छन् । देशभरका

प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक
मर्स्याङदी समाचार, २२ भदौ । लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ

पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा
मर्स्याङदी समाचार, २ साउन । लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं






प्रतिकृया दिनुहोस