Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मर्स्याङ्दीमा उत्कृष्ट विद्यालय तथा शिक्षक, निवृत्त शिक्षक र कर्मचारीलाई सम्मान 

SITENAME

मर्स्याङदी समाचार, २ असोज । 

राष्ट्रिय शिक्षा दिवस–२०८३ को अवसरमा मर्स्याङदी गाउँपालिकामा पनि शैक्षिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 


“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता” भन्ने नाराका साथ आयोजित कार्यक्रम सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको हो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना माया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षा शाखा प्रमुख वसन्त बरूवाल लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र प्रसाद भट्टले गर्नुभएको थियो । 


गाउँपालिकाले SEE परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शैक्षिक सत्र २०८२ मा कक्षा ५ र ८ को परीक्षामा पालिकास्तरमा उत्कृष्ट हुने छात्र–छात्रा तथा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गराउन योगदान पु¥याउने शिक्षकलाई सम्मान गरेको जनाएको छ ।


यसैगरी एसईई परीक्षा–२०८२ मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय, कक्षा ५ र ८ को परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट हुने विद्यालय तथा शैक्षिक सत्र २०८२ देखि शिक्षा दिवस २०८३ सम्म निवृत्त भएका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको छ । 


गाउँपालिकाले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद, फूलमाला, सम्मानपत्र र मायाको चिनो सहित प्रोत्साहन गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बसन्ता भट्ट, ९ असोज ।  बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

SITENAME

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु

मर्स्याङदी समाचार, ८ असोज ।  स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

SITENAME

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा 

मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

↑