प्रथम टुर दी लमजुङ २०२६ मा ५ सय साइकलयात्री सहभागी

मर्स्याङदी समाचार, ३ असोज ।
लमजुङ सदरमुकाम बेसीशहरबाट सरु भएको ‘प्रथम टुर दी लमजुङ २०२६’ मा ५ सय साइकलयात्री सहभागी रहेका छन् । देशभरका साइकलयात्रीको सहभागिता रहने गरी जिल्लामा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्ला भित्रका ६० जना र अन्य विभिन्न जिल्लाबाट ४ सय ४० जना साइकल यात्रीको सहभागिता रहेको आयोजक लमजुङ साइक्लिङ संघले जनाएको छ ।
शनिवार र आइतबार दुई दिनसम्म सञ्चालन हुने प्रथम टुर दी लमजुङको उद्धाटन एक समारोहका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिहं अर्यालले गर्नुभएको हो । साइकल यात्रीहरुलाई स्वागत गर्दै नगरप्रमुख अर्यालले साइकल पर्यटनको विकाससँगै यस कार्यक्रमले लमजुङको ग्रामिण पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुलका विभिन्न जिल्ला तथा अन्तरराष्ट्रिय स्तरसम्म जिल्लाको पर्यटकिय क्षेत्र, एतिहासिक धरोहरको प्रचार प्रसारमा यो कार्यक्रम महत्वपूर्ण रहेको नगरप्रमुख अर्यालले बताउनुभयो ।
लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरिक्षक विकास अधिकारी, बेसीशहर ८ का वडाअध्यक्ष पवित्रा थापाराना, ७ का वडाअध्यक्ष ऋषिराम वस्नेत, ९ का वडाअध्यक्ष खुसिजंग गुरुङ, लमजुङ विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न जिल्लाका साइक्लिङ संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । साइकल यात्रीलाई पञ्चेबाजा सहित विभिन्न आमासमूह तथा स्थानियले स्वागत गरेका थिए ।
लमजुङको पर्यटन प्रवद्र्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक वृहत कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो ।
शनिवार विहान बेसीशहरको शेरा चोकबाट सुरुभएको यात्रा बेसीशहर–चण्डीडाँडा–बिम्दा–बाग्लुङपानी–कपुरगाउँ हुँदै घले गाउँ पुगेर विश्राम गरिएको छ । आइतबार घलेगाउँदेखि–नायु–घनपोखरा–राप्लेफाँट– खुदीस्थित साम्बाचोक–सुरुङमार्ग–भुलभुले हुँदै हामखोलामा समापन गर्ने कार्यतालिका रहेको छ । यो यात्रामा जिल्लाका विभिन्न पर्यटकिय स्थल हुँदै ५२ किलोमिटर पार गरीने आयोजक लमजुङ साईक्लिङ संघले जनाएको छ ।

प्रथम टुर दि लमजुङको टी–सर्ट र ब्याग सार्वजनिक
मर्स्याङदी समाचार, २२ भदौ । लमजुङ साइकलिङ संघको आयोजनामा आगामी असोज २, ३ र ४ गते आयोजना हुने प्रथम टुर दि लमजुङ–२०२६ को तयारी अन्तिम चरणमा पुगेको छ

पर्यटन प्रवर्द्धनका लागि लमजुङमा कोरा साइकल यात्रा
मर्स्याङदी समाचार, २ साउन । लमजुङको पर्यटन प्रवर्द्धनका लागि कोरा साईकिलिङ यात्रा भएको छ । लमजुङ साइकल संघको ब्यबस्थापनमा जिल्लाको ऐतिहासिक एवं
पाँचौ मालिङ कप को उपाधी अरुण स्मृतिले जित्यो
मर्स्याङदी समाचार, ८ चैत । क्व्होलासोथार गाउँपालिका वडा न २ मालिङमा सम्पन्न पाँचौ मालिङ सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि अरुण स्मृति





प्रतिकृया दिनुहोस