Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

शिक्षा दिवसमा उत्कृष्ट नतिजा ल्याउने १७ बिद्यार्थी सम्मानित 

SITENAME

मर्स्याङदी समाचार, २ असोज । 
राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा बेसीशहर नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थीलाई सम्मान गरेको छ  । शुक्रबार नगरपालिकामा औपचारिक कार्यक्रमसहित शैक्षिक सत्र २०८२ मा आधारभूत तह,  माध्यामिक शिक्षा परिक्षा र कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गरेको हो । 


आधारभूत तह स्तरीय कक्षा ८ को नगरस्तरिय परिक्षामा उत्कृष्ट जि पि ए ल्याएर सम्मानित हुनेमा सामुदायिक विद्यालय तर्फ बालकल्याण मावि रामचोकका कृष्ण सेढाई र जनकल्याण मावि चितिकी रिना विक रहेकी छन् । सस्थागत तर्फ युनिभर्सल एकेडेमीका सौगात बोहरा, ल्याण्डस्टार माविकी छात्रा अनुशा थापा र छात्र प्रणय विष्ट, न्यू ईरा माविकी जेनिशा परियार रहेका छन् । 


यसैगरी नगरपालिकाले २०८२ को एस.ई.ई परिक्षामा उत्कृष्ट नजिता ल्याउन सात जनालाई सम्मान गरेको छ । सामुदायिक विद्यालयतर्फ बालकल्याण मा.वि. भकुण्डेका समीर परियार र गंगामिलन मावि मकैडाँडाकी सविना परियारलाई सम्मान गरेको छ । संस्थागत विद्यालय तर्फ ४ जि.पि.ए ल्याउन सफल अर्थली प्याराडाइज माविका छात्र प्रथम श्रेष्ठ, समीर पौडेल र संगम सापकोटालाई सम्मान गरेको छ भने युनिभर्सल एकेडेमिका छात्रा द्धोय निरुमा पौडेल र रोजिना गुरुङ सम्मानित भएका छन् । 


यसैगरी गत शैक्षिक सत्र कक्षा १२ को परिक्षामा नगरस्तरमा उत्कृष्ट जि.पि.ए ल्याउन सफल सामुदायिक विद्यालय तर्फ बालकल्याण मावि भकुण्डेका शंकर वि.क, जनकल्याण मावि चितिकी लक्ष्मी तामाङलाई सम्मान गरिएको छ । संस्थागत तर्फ सम्मानिति हुनेमा अर्थली प्याराडाइज माविका उज्जवल विक र युनिभर्सल एकेडेमीकी छात्रा वर्षा घिमिरे रहेका छन् । 


सम्मान कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल, उपप्रमुख पद्यमा गुरुङ, निमित्त प्रमुख प्रशासकिय अधिकृत मनोज सिहं बोहरा, सामाजिक विकास समिति संयोजक मदन राना, नगरपालिका प्रवक्ता हिरालाल विश्वकर्मा, नगर शिक्षा समितिका सदस्यहरु, सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानाध्यापक, सम्मानित विद्यार्थी एवं अभिभाकहरुको उपस्थिती थियो । 


शिक्षा दिवसको महत्व तथा उदेश्यमाथि प्रकाश पार्दै शिक्षा शाखा प्रमुख सृजना पाण्डे चिलुवालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बसन्ता भट्ट, ९ असोज ।  बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

SITENAME

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु

मर्स्याङदी समाचार, ८ असोज ।  स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

SITENAME

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा 

मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

↑