Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

संविधान दिवसमा बेसीशहरमा प्रभातफेरी

SITENAME

मर्स्याङदी समाचार, ३ असोज । 
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार विहान लमजुङ सदरमुकाम बेसीशहरमा प्रभातफेरी निकालिएको छ । 


संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्लास्तरिय समितिको आयोजनामा भएको प्रभातफेरीमा विभिन्न कार्यालयका कर्मचारीहरु सुरक्षाकर्मीहरु, जनप्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो । बेसीशहर ७ मनाङ्गेचौताराबाट सुरु भएको प्रभातफेरी मुख्य बजार हुँदै जिल्ला समन्वय समितिको सभाहलमा आएर सभामा परिणत भएको थियो ।

 

सभामा सम्बोधन गर्दै जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णवहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान सबैको साझा दस्ताबेज भएको बताउनुभयो । जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधानले नै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम गरेको धारणा राख्नुभयो । कार्यक्रमको सहजिकरण जिल्ला समन्वय अधिकारी महेश सुवेदीले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बसन्ता भट्ट, ९ असोज ।  बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

SITENAME

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु

मर्स्याङदी समाचार, ८ असोज ।  स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

SITENAME

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा 

मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

↑