तमू सञ्चारकर्मी संघको अध्यक्षमा चित्र सोल्टी गुरुङ

मर्स्याङदी समाचार
तमू (गुरुङ) सञ्चारकर्मी संघको छैटौं राष्ट्रिय महाधिवेशनबाट चित्र सोल्टी गुरुङ अध्यक्षमा चयन हुनुभएको छ । महाधिवेशनले संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङलाई चयन गरेको हो ।
त्यस्तै, सदस्यहरुमा बिबर गुरुङ, किरण गुरुङ, रामबहादुर गुरुङ र बेदबहादुर गुरुङ (विवेक) चयन हुनुभएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै तमू समुदायका सञ्चारकर्मीहरुको व्यावसायिक क्षमता अभिवृद्धि, हकहित संरक्षण तथा समुदायका भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित विषयलाई सञ्चारमाध्यम मार्फत थप प्रभावकारी रुपमा उजागर गर्नेमा जोड दिएको छ ।

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
बसन्ता भट्ट, ९ असोज । बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु
मर्स्याङदी समाचार, ८ असोज । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा
मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण





प्रतिकृया दिनुहोस